भदौ ८ गते प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा जाँदै

भदौ ८ गते प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा जाँदै


प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी तिब्र पारिएको छ । भारतीय उच्च अधिकारीहरुसंगको छलफलका आधारमा उच्च तहमा भेटघाट हुने गरी पराराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको भ्रमणको सम्भावित मिति समेत तय गरेको छ । स्रोतका अनुसार उनी भदौ ८ गते भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको रुपमा भारत जान लागेका देउवाको भ्रमणको व्यबस्था मिलाउन र भ्रमणलाई उपलब्धीमूलक बनाउन परराष्ट्र मन्त्रालयले तयारी तिब्र गतिमा अघि बढाएको हो । भ्रमणका बाँकी तालिका तथा एजेण्डा तय हुन बाँकी रहेपनि भ्रमण भने भदौ ८ गते नै हुने लगभग पक्का भएको स्रोतले दावी गरेको छ ।

भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय र विदेश मन्त्रालयबीच मंगलबार भएको छलफल पछि यो मिति तय भएको हो । स्रोतका अनुसार भारतीय पक्षले नै अनुकुलता अनुरुप अगस्त ८ गतेको मिति बारे प्रस्ताव गरेको थियो । प्रधानमन्त्रीको रुपमा देउवाले यो तेश्रो भारत भ्रमण हुनेछ ।

आसन्न भ्रमण दुइ मुलुकबीच विगतमा भएका सहमति र संझौता कार्यान्वयन समीक्षा तथा द्धिपक्षिय संयन्त्रहरुलाइ सक्रिय बनाउने विषयमा केन्द्रित हुनेछ। प्रधानमन्त्रीको आसन्न भ्रमणमा विगत केही समयदेखि गृहकार्य भइरहेको सानातिना चार पाच वटा विषयगत संझौता हुने सम्भावना रहेको दूताबास श्रोतले जनाएको छ।

पूननिर्माण तथा पारवहनको विषयमा केहि संझौता हुने संभावना रहेको बताइएको छ । भ्रमणमा प्रधानमन्त्री देउवाले भारतले नेपालको पूननिर्माणकालागि सहयोग गर्ने भनेको एक अर्ब अमेरिकी डलर बराबरको सहायता परिचालने, पन्चेश्वर परियोजनाको बिस्तृत परियोजना प्रतिवेदन तयार हुन नसकेको विषय उठान गर्ने बुझिएको छ । फइल तस्विर