स्वाइन फ्लूबाट राजधानीमा मृत्यु स्याङ्जामा त्रास

स्वाइन फ्लूबाट राजधानीमा मृत्यु स्याङ्जामा त्रास


स्याङ्जा वालिङका एक व्यक्तिको स्वाइन फ्लूका कारण त्रिवि शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएको खुलासाा गरिउको छ । गत असार २६ गते अत्यधिक टाउको दुख्यो भन्दै स्थानीय स्वास्थ्यकेन्द्रमा पुगेका स्याङ्जा वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्याल को मृत्यु भएको हो । स्थानीय स्वास्थ्य केन्द्रले सामान्य औषधि दिएर पोखरा पठाएको थियो भने पोखराबाट ग्राण्डी अस्पताल काठमाडौँमा करिब एक हप्ता उपचार गरेपछि त्यहाँबाट त्रिवि शिक्षण अस्पताल लगेको थियो । त्यसको दुई दिनपछि गत सोमबार अर्यालको मृत्यु भएको थियो ।

अर्यालको मृत्यु स्वाइन फ्लूथप उपचारको लागि राजधानीस्थित त्रिवि शिक्षण अस्पताल आएका थिए । गत सोमबार उनको मृत्यु भएको थियो, तर मृत्युको ठोस कारण खुलाइएको थिएन । पछि रोग नियन्त्रण महाशाखाबाट दिइएको जानकारीका आधारमा मृतकका परिजनले नै अर्यालको मृत्यु स्वाइन फ्लुका कारण भएको प्रकाशमा ल्याएको हो ।

यस घटनापछि वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लूको प्रकोप हुन सक्ने भएकाले सचेत भएर रहन स्थानीयवासीलाई स्थानीय स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । वालिङ तथा आसपासका क्षेत्रबाट पोखरा तथा काठमाडौँमा सात–आठजना इसता बिरामी रिफर गरिसकिएको अवस्था हुनाले स्थानीयवासीमा रोग फैलने त्रास बढेको बताइएको छ ।

स्वाइन फ्लू बंगुरबाट मानिसमा सर्ने भएकाले घर नजिकै बंगुरहरु नपाल्न विञजनले सुझाव दिएका छन् भने स्वाइन फ्लूबाट बच्न हात नमिलाउने, अंकमाल नगर्ने, मास्कको प्रयोग गर्ने, भीडभाडमा नजान तथा सङ्क्रमित वस्तुको सम्पर्कमा नरहन पनि चिकित्सकहरुले सुझाव दिएका छन् ।