गर्भवती महिलालाई अपरेशन र यातायातमा २ करोड ८५ लाख

गर्भवती महिलालाई अपरेशन र यातायातमा २ करोड ८५ लाख


लुम्बिनी अञ्चल अस्पताल बुटबलमा गत ७३ साउन देखि ७४ असारसम्म गर्भवती उत्प्रेणा खर्च २ करोड ८५ लाख भएको छ । अस्पतालमा आएका ९ हजार ५ सय ३६ जना महिलाले लुम्बिनी अञ्चल अस्पतालबाट यो सेवा लिएका थिए ।

सरकारले मातृ एवम् बाल मृत्युदर घटनाउनको लागि अस्पतालमा निःशुल्क सेवा दिएको छ । गर्भवती भएको सुरुदेखि चारपटक स्वास्थ्यसंस्थामा जाँच गराउनेलाई ४ सय र अस्पतालमा सुत्केरी गाउने महिलालाई ५ सय गरी एकमुस्ट ९ सय रुपैयाँ उपलब्ध गराउने गर्दछ ।

चारपटक संस्थामा चेक नगराई अस्पतालमा सुत्केरी गराउन आउने महिलाहरुलाई यातायात खर्च वापत ५ सय रुपैया उपलब्ध गराउने गरेको छ । लुबिनी अञ्चल अस्पतालमा फोर्सफवाट ९ भ्याकुमबाट ४ सय ५७ उल्टो-सुल्टोबाट वच्चा जन्मीएका ८२ जना, अप्रेशनबाट २४ सय ७९ र नर्मल डेलीवरीबाट ६ हजार ५ सय ९ जना रहेका छन ।

तीमध्ये चरपटक स्वास्थ्य संस्थामा जाँच गराएका र अस्पतालमै सुत्केरी भएका महिलाको संख्या ३ हजार ९ सय ४० रहेको अस्पतालका सुचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए । उनीहरूलाई ९ सय का दरले ३५ लाख ४६ हजार यातायात खर्च उपलब्ध गराएको उनको भनाई छ ।

अस्पतालमा सुत्केरी गराउन आएका अन्यलाई २७ लाख ८४ हजार गरी ६३ लाख ९४ हजार यातयात तथा प्रोत्साहन भत्ता दिइएको अस्पतालले जनाएको छ । सरकारले एकजना महिलालाई अस्पतालमा नर्मल सुत्केरी गराउनको लागि १५ सय रुपैयाँ जटिल डेलिभरीको लागी ३ हजार र अप्रेशन गर्नको लागि एक महिलालाई ७ हजारका दरले खर्च उपलब्ध गराउने गरेको सुचना अधिकृत रेग्मीले बताए ।

लुम्बिनी अञ्चल अस्पतालमा विभिन्न जिल्लाका महिला आउने गरेको भए पनि अस्पतालको लक्ष्यअनुसार ९४ प्रतिशत भएको बताइन्छ । रुपन्देही, कलिवस्तु, नवलपरासी, अर्घाखाँची, गुल्मी, पाल्पा, दाङ, प्युठान, वाग्लुङ, स्याङ्जा, रोल्पा, पर्वत, वर्दिया, रुकुम, गोर्खा कैलाली, तनहुँलगायत जिल्लाबाट लुम्बिनी अञ्चल अस्पतालमा उपचार गर्न आएको तथ्याङ्क रहेको अस्पतालले दाबी गरेको छ ।

– चन्द्रकान्त खनाल