यसकारण नफाल्नुहोस् लसुनको बोक्रा !

यसकारण नफाल्नुहोस् लसुनको बोक्रा !


हाम्रो भान्छामा प्रयोग हुने लसुन तरकारी मिठो बनाउनेमात्र नभई औषधी समेत हुने पत्ता लगागेको छ । यो विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ।

लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ । लसुनले सवै मानिसलाई राम्रो गर्छ भन्ने छैन लसुन को प्रयोग गर्दा आप्नो स्वस्थ्य अवस्थाका विषयमा जानकार हुनु जरुर छ । साथै हामी लसुनको बोक्रलाई फोहोरको रुपमा फाल्ने गरेका छौ । यसलाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

1 लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो गरेर कपाल धुनुहोस् । यसले कपाल झर्ने समस्या जरैदेखि उखेल्छ ।

2 लसुनको बोक्रालाई सूप वा चिकेट स्टक बनाउने बेला त्यसमा मिसाउनुहोस् । यसले स्वाद बढाउँछ ।

3 लसुनको बोक्रालाई पिसेर डण्डिफोरमा लगाउनुहोस् । यसमा पाइने एन्टी अक्सिडेन्ट र एन्टी ब्याक्टेरियल गुणले डण्डिफोर ठिक गर्न सहयोग गर्दछ ।

4 लसुनको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् । यसलाई छानेर पिउँदा रुघा–खोकीबाट राहत मिल्छ ।

5 लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो बनाएर त्यसमा केही बेरसम्म खुट्टा राख्नुहोस् । यसो गर्दा खुट्टा सुन्निएको छ भने हट्छ ।

6 लसुनलाई पिसेर यसमा मह मिसाउनुहोस् । यसलाई बिहान बेलुका खाँदा दमको असर कम हुन्छ ।

7 लसुनको बोक्रालाई पेष्ट बनाउनुहोस् । यसमा कागतीको रस मिसाएर कपालको जरामा लगाउँदा जुम्रा हराउँछ ।

8 लसुनको बोक्रलाई एक प्यानमा तातो बनाएर त्यसको पाउडर बनाउनुहोस् । यसमा जैतुनको तेल मिसाएर कपालमा लगाउँदा कपालको रङ कालो हुन्छ ।

9 यसको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई चिसो गरेर बोटबिरुवामा हाल्दा चाँडै बढ्छ ।

10 लसुको बोक्रलाई पिसेर छालामा लगाउँदा दाद, चिलाउने समस्याबाट राहत पाइन्छ ।