लुटपाटमा संलग्न पाकिस्तानी महिला ईटहरीमा पक्राउ

लुटपाटमा संलग्न पाकिस्तानी महिला ईटहरीमा पक्राउ


लुटपाटमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला ईटहरीबाट पक्राउ परेकी छिन् ।

पाकिस्तानको लाहोर घर बताउने २५ बर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको हो ।

ईटहरीमा ब्युटी पार्लर ब्यवसाय गर्दै आएकी रिना बवासको घरमा लुटपाट गरेको आरोप खालिदामाथि लागेको छ ।

फेसियल गर्न भन्दै ईटहरीस्थित रसियन ब्युटी पार्लरमा पुगेकी खालिदाले खवासलाई साथी बनाएकी थिईन ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।