मतदानका लागि मिति तोक्न आयोगको निर्देशन

मतदानका लागि मिति तोक्न आयोगको निर्देशन


निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडानम्बर १९ मा मतदान हुने स्थान, मिति र समय तोक्न चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले उक्त वडामा मतदान हुने स्थान मिति र आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराई मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना कार्य सम्पन्न गर्न समेत निर्देशन दिएको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताए ।

भरतपुर महानगरपालिका वडानम्बर १९ मा पुन मतदान कि मतगणना भन्ने विषयमा सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले पुन मतदान गर्ने पक्षमा फैसला गरेको थियो ।

निर्वाचन आयोगको यो निर्देशनसँगै चितवनका मुख्य निर्वाचन अधिकृतले भरतपुरको १९ नम्बर वडामा निर्वाचनको मिति तोक्नेछन् ।