चिसो पिउदाँ यसरी जान्छ ज्यान !

चिसो पिउदाँ यसरी जान्छ ज्यान !


कोकलगायतका पेयपदार्थ पिउदाँ लाखौंले जीवन गुमाए

पिउने पानीको अभावमा प्यास मेटाउनकै लागि पनि कोक, फ्यान्टा जस्ता पेयपदार्थ पिउन उपभोक्ता विवश छन् । गर्मीयामलाई लक्षित गरी बहुराष्ट्रिय कम्पनीहरुले बजारमा चिसा पेयपदार्थका नयाँ नयाँ ्राण्ड उतार्ने र स्वाद लिई लिई पिउने कुलत नेपाली उपभोक्तामा पनि परिसकेको छ । तर, गर्मी छल्न भन्दै हामीले पिउने कोक, फेन्टा जस्ता पेयपदार्थ स्वास्थ्यका लागि निकै हानिकारक भएको विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । नेपालमा कोक, फेन्टा, स्प्राइट लगायत नाममा ‘गुलियो विष’ बेचिँदै आएको छ र ती पेय पदार्थमा बेलाबेलामा अखाद्य वस्तु फेला परिरहन्छन् ।

विज्ञहरूका अनुसार कोकाकोला आफैंमा मन्द विष हो । भारतमा कोकाकोलालाई ‘ट्वाइलेट क्लिनर’ को संज्ञा दिदै त्यस्ता पेयपदार्थ नपिउन सर्वसाधारणलाई आग्रह गर्दै आएको अबस्थामा नेपालमा भने त्यसको बिक्रीमा बृद्धि हुदै गएको छ । कोकाकोलामा हुने हानिकारक रसायनका कारण मानिसलाई क्यान्सरदेखि अल्सरसम्मका रोग लाग्ने विवरण सार्वजनिक भएको छ । बहुराष्ट्रिय कम्पनीको रहर लाग्दो विज्ञापनको लोभमा कोकाकोला र फेन्टाको हानिकारक पक्षबारे जनचेतना जगाउने खालका सामग्री दिंदैनन् । विश्वका धेरै अनुसन्धाताले कोकाकोलाका बारेमा नकारात्मक रिपोर्ट दिएका छन् ।

केही वर्षअघि हार्वर्ड स्कूल अफ पब्लिक हेल्थको अनुसन्धानबाट कोकाकोलाले मोटोपन बढाउने मात्र हैन, त्यो जीवनकै दुश्मन भएको पत्ता लागाएको छ । कोकाकोला जस्ता गुलिया हल्का पेयपदार्थ पिएकै कारण वर्षमा विश्वभर करीब पौने दुई लाख ९१ लाख ८० हजार मानिसको मृत्यु हुने गरेको तथ्याङक सार्वजनिक गरेको छ । कोक पिएकै कारण विश्वमा हरेक वर्ष एक लाख ३३ हजार मानिस मधुमेहको शिकार हुने गरेका छन् भने हरेक वर्ष ६ हजार मानिस क्यान्सरको शिकार हुने गरेका छन् । कोक जस्ता पदार्थ पिएकै कारण करीब ४४ हजार मानिस मुटुको रोगी भएर मर्ने गरेका छन् । सन् २०१३ को १९ मार्चमा डेली मेल युकेको रिपोर्ट अनुसार यो तथ्यांक अमेरिकन हार्ट एसोसिएसनको बैठकमा प्रस्तुत गरिएको थियो । सो रिपोर्ट सार्वजनिक भएपनि हालसम्म बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्दै आएका पियपदार्थको गुणस्तरितामा ध्यान दिएको पाईएको छैन ।

अमेरिकाको प्रतिष्ठित संस्था ‘इन्ष्टिच्यूट फर हेल्थ म्याट्रिक्स एण्ड इभोलुशन ग्लोबल बर्डन अफ डिजिज् स्टडिज’ ले सन् २०१० मा भारतमा गरेको अनुसन्धानपछि भने भारतमा त्यस वर्ष ९५ हजार ४ सय २७ जनाको मृत्युको एउटा ठूलो कारण कोकाकोला र फेन्टा जस्ता हल्का पेय नै रहेछ प्रतिबेदन सार्वजनिक गरेको थियो । मृत्यु हुनेहरूको संख्या सन् १९९० को तुलनामा २० वर्षमा १ सय ६१ प्रतिशतले बढेको देखाइएको छ । सो रिपोर्टका अनुसार भारतमा कोकाकोला पिउनेहरूमध्ये ७८ हजार १७ जना मानिस मुटुको बिमारबाट मरे । ११ हजार ३१४ मानिस मधुमेहका कारण निधन भएका छन् । भारतको छत्तीसगढस्थित दुर्ग, राजनन्दन गाउँ र धमतारी जिल्लाका किसानका अनुसार उनीहरूले आफ्नो धान खेतलाई कीटनाशकबाट बचाउन कोक र फेन्टाको प्रयोग गरेका थिए र त्यो सफल भएको थियो ।

पानीमा कोक र फेन्टा मिलाएर धान बालीमा छर्किनु कीटनाशकको प्रयोगभन्दा धेरै सस्तो र प्रभावकारी भएको किसानहरूको अनुभवबारे सन् २००४ को ३ नोभेम्बरमा बीबीसी न्यूजले नै समाचार प्रसारण गरेको थियो । कोक र फेन्टा जस्ता कार्बोनेटेड पेयपदार्थबाट डाइबिटिज, हाइपरटेन्सन र पेटमा पत्थरी हुने संभावना अत्यधिक रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । दिनमा दुई वा त्यसभन्दा बढी कोक पिउँदा क्रोनिक किड्नी रोग हुने खतरा बढ्न सक्ने उनीहरूको सल्लाह छ । अमेरिकी चिकित्सा अनुसन्धान पत्रिकामा सन् २००८ को जुलाई १८ मा प्रकाशित खबर अनुसार कोकाकोलामा फस्फोरिक एसिड बढी हुन्छ, जसले हाम्रो मूत्र प्रणालीमा असर पारी मिर्गौलामा समेत पत्थरीको कारण बन्न सक्छ ।

जो मानिस हरेक दिन कोकाकोला पिउँछन, उनीहरूलाई मुटु या नसाको रोग हुने खतरा ४३ प्रतिशत हुने गरेको रिपोर्ट निकालिएको छ । अनुसन्धानकर्ताले अध्ययनका दौरान के पाए भने कोकाकोला नपिउनेहरूमा हृदयघातको खतरा कम देखिएको थियो । कोकाकोला पिउनेहरूको प्रजनन् क्षमता समेत कमजोर हुन्छ । अल्कोहल नहुने भएकाले यस्ता पेयलाई हल्का पेय भनिएको हो, तर कोकाकोला यस्तो हल्का पेय हो, जसमा कार्बनडाइअक्साइड ग्यास राखिएको हुन्छ, त्यसैले यसलाई कार्बोनेटेड पेय भनिएको हो । हामीले कोक या फेन्टा खाँदा केहीबेरमै नाक या मुखबाट एकप्रकारको ग्याँस बाहिर निस्किएको या डकार आएको महसूस गर्ने गछौं । त्यो खासमा कार्बनडाइअक्साइड हो । हामीलाई थाहै छ, हाम्रो शरीरले प्राण वायु शरीरभित्र लिन्छ ।

कोकमा यस्ता धेरै घातक रसायन पाइएको छ । कोकाकोलामा सोडियम मोनो ग्लूटामेट, ब्रोमिनेटेड भेजिटेबल आयल, मिथाइल बेन्जिन र एडोसल्फान जस्ता विषाक्त रसायन हुने गरेको अनुसन्धानबाट खुलेको छ । कोकाकोलामा चिनी या कर्न सिरर्प अत्यधिक हुन्छ । यो नै मानिसको मोटोपन, टाइप बी मधुमेह र मेटाबोलिक सिन्ड्रोमको कारण बनिदिन्छ ।

यसबाट उच्च रक्तचाप, उच्च कोलस्टोरल र मुटु रोगको कारण बनिदिन्छ । यस्ता पेयमा हुने क्यारमल रंग खासमा मिथाइलिमाइडोजल रसायन हो, जसलाई प्रयोगशालामा परीक्षण गरिएको थियो । यो रसायन फोक्सो, पेट र थाइराइड क्यान्सरको कारण भएको पाइएको छ । कोकाकोलामा हुने फस्फोरिक एसिड सबैभन्दा खतरनाक तत्वहरूमा एक हो । यो नै मानिसको हाडहरूको कमजोरी र आस्टियोप्यारोसिसको कारण हो । कोकमा साइट्रिक र फस्फोरिक एसिड हुन्छ, जसलाई धेरै खाँदा हाड र दाँत कमजोर हुन जान्छ । कोकाकोलाको अर्को घातक रसायन हो, क्याफिन ।

यो क्याफिनकै कारण कोक पिउने बच्चामा टाउको दुखाइ, निद्रा नलाग्नु, चिड्चिडापन आदि समस्या देखा परेको अनुसन्धानकर्ताहरूले सार्वजनिक गरेका छन् । कोकाकोलामा हानिकारक कीटनाशकको निर्धारित मात्राभन्दा धेरै बढी घातक रसायन हुने भएकाले यसलाई कीटनाशकभन्दा खतरनाक मानिएको हो । यसमा भएको चिनी र एसिड नै बच्चाहरूको दाँत कीराले खाने र सडेर जाने कारण हुन् । कोकमा भएको एसिडले दाँतको इनामेल नै मेटाइदिन्छ र दाँत सिरिङ हुने रोग देखा पर्छ र विस्तारै दाँत कीराले खान थाल्ने समेत अन्ुसन्धानबाट खुलेको जनाइएको छ । कोकाकोलाको अर्को खराबी हो, यसले मानिसको पेटमा पेप्टिक अल्सरलाई बढाइदिन्छ । कोल्ड ड्रिंक्समा मिठासका लागि सेक्रिनको प्रयोग गरिएको छ भने त्यो झन् क्यान्सरको कारण बनिदिन्छ ।

कोकाकोलामा पीएचको मात्रा २ दशमलव ४ देखि लिएर ३ दशमलव ५ सम्म हुन्छ, जुन एसिड याने अम्लकै अर्को रूप हो । घरहरूमा शौचालय सफा गर्दा प्रयोग गरिने ट्वाइलेट क्लिनरको ‘पीएच’ मानक पनि कोकाकोला सरह नै हुन्छ । यही कारण कोकाकोलालाई पनि शौचालय सफा गर्न प्रयोग गर्न सकिन्छ । जुन विज्ञानले प्रमाणित गरिसकेको छ ।

नेपालमा अनुसन्धानले यी तत्व मुसाको फोक्सो, कलेजो थाइराइडमा क्यान्सर हुने कारण बनेको देखिएको छ । अमेरिकाको नेसनल टेक्सिकोलोजी प्रोग्रामले पनि २ एमआई र ४ एमआई दुवैले जनावरमा क्यान्सर उत्पन्न गराएको र यसले मानिसलाई पनि नोक्सान पु¥याउन सक्ने बताएको छ ।