चीनलाई दोष नदिइएको अमेरिकी प्रष्टोक्ति

चीनलाई दोष नदिइएको अमेरिकी प्रष्टोक्ति


उत्तर कोरियाले मिसाइल परीक्षण गर्ने, परोक्ष रुपले पश्चिमा शक्तिबाट चीनतर्फ संकेत गर्दै असन्तुष्टि दर्शाउने । यो उपक्रमले निरन्तरता पाएपछि पछिल्लोपटक उत्तर कोरियाले शक्तिशाली मिसाइल परीक्षण गरेलगत्तै चीनले उत्तर कोरियाको विषयमा आफूलाई नजोड्न चीनले अमेरिकालाई आग्रह गरेको थियो । यसको दुई दिनपछि अमेरिकाले पनि यस विषयमा चीनलाई कुनै आरोप नलगाइएको स्पष्टिकरण दिएको छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विषयसँग जोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबार चीनले उत्तर कोरियाको आणविक परीक्षणको विषयमा चासो नदिएर उसलाई पश्रय दिएको अर्थ लाग्ने अभिव्यक्ति दिएका थिए । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले बारम्बार यसरी घातक रुपमा आणविक परीक्षण गरिरहँदा पनि चीनले कुनै कारबाहीका लागि पनि पहल नगरेको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर अकाउन्टमा उत्तर कोरियाको आतङ्कका बारेमा चीनले चासो नदिएको तर यसले संसारलाई अप्ठेरो पार्ने अवस्था आउँदा पनि चीन शान्ति र निशस्त्रीकरणका लागि नबोलेको बताएका थिए । तर अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले भने राष्ट्रपतिको सो भनाईको बचाउ गरेका छन् । उनले अमेरिकाले यस विषयमा चीनलाई दोष दिएको नभई उत्तर कोरियाको यस कार्यका विरुद्धमा लड्न चीनको साथ चाहिने कुरा मात्र अमेरिकाले गरेको प्रष्ट्याएका छन् ।

वासिङ्टन डिसीमा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै विदेशमन्त्री टिलर्सनले सो धारणा राखेका हुन् । उनले भने, ‘हामीले चीनलाई केही भनेका होइनौँ बरु अब उत्तर कोरियाका विरुद्धमा लड्नका लागि हामीलाई चीनको पनि साथ चाहिन्छ मात्र भनेका हौँ ।’ एएफपी