सम्बन्ध सुधारको प्रयत्न : बालकोटमा भारतीय राजदूत

सम्बन्ध सुधारको प्रयत्न : बालकोटमा भारतीय राजदूत


बिग्रिएको भनिएको भारत-एमाले सम्बन्धमा सुधारका लागि दक्षिण छिमेकी भारत गम्भीर भएकै हो त ? नेपाल-भारत सम्बन्धलाई नजिकबाट नियाल्दै व्याख्या-विश्लेषण गर्दै आएका टिप्पणीकारहरुको विश्लेषण यस्तै छ । खासगरी, भारतको ७०औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा खास अतिथिको रुपमा भारतका विदेश मन्त्री सुषमा स्वराज उपस्थित हुनुहुने र सो समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई उपस्थित गराइदिन स्वराजको विशेष चाहना एवम् आग्रह रहेको भन्ने विषयले कुटनीतिक वृत्त यतिबेला तरंगित छ । सुषमा स्वराजको आग्रहअनुसार एमाले अध्यक्ष ओलीलाई स्वतन्त्रता दिवसको निम्तो दिन बुधबार नेपालका लागि भारतका राजदूत मन्जीवसिंह पुरी स्वयम् बालकोट पुग्भएको सन्दर्भलाई एमालेसँग भारतको सम्बन्ध सुधारको एक विशेष पहलकदमीकै रुपमा लिइएको छ ।

सुत्रहरुका अनुसार यही अगस्ट महिनाको १५ तारिकखका दिन आयोजना हुने भारतको ७०र्औ स्वतन्त्रता दिवसका अवसरमा भारतीय दूतावास लैनचौरमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज उपस्थित हुनुहुने कार्यक्रम रहेको छ । हालै मृगौला प्रत्यारोपण गरी केही समय आरामको अवस्थामा रहिसकेपश्चात् स्वराजले काठमाडौंमा आयोजना हुने स्वतन्त्रता दिवसको कार्यक्रममा सहभागिता जनाउन इच्छा राख्नुभएकअनुसार कार्यक्रम डिजाइन गरिएको छ । मृगौला प्रत्यारोपणपछि राजनीतिक रुपमा थप उचाई हासिल गर्नुभएका नेता केपी ओलीलाई आमन्त्रित गर्नका लागि स्वराजको विशेष चाहना र आग्रह रहेको स्रोतहरुको दाबी छ ।

यसरी भारतीय प्रभावशाली नेता सुषमा स्वराज उपस्थित हुने कार्यक्रममा केपी ओलीलाई आतिथ्यता ग्रहण गर्न विशेष अनुरोध गरिएको सन्दर्भलाई एमालेसँग सम्बन्ध सुधार गर्ने भारतीय प्रयासको रुपमा हेरिएको हो । स्थानीय निर्वाचनबाट पहिलो नम्बरमा पुगेको एमालेसँगको सम्बन्ध सुधार्नकै लागि सुषमा स्वराजलाई नेपाल पठाउन लागिएको चर्चा पनि गरिएको छ, जुन अस्वाभाविक लाग्दैन ।

बालकोट सुत्रका अनुसार स्वतन्त्रता दिवसको निम्ता दिन गएका राजदूत पुरी र नेता ओलीबीच झण्डै दुक्षर्् घण्टा लामो कुराकानी भएको थियो । अध्यक्ष ओलीले नेपाल भारत सम्बन्ध जनस्तर र नेतृत्व तहमा राम्रो भए पनि आफ्नो स्वार्थअनुसार काम गर्ने केही व्यक्तिहरुका कारण सम्बन्धमा खलल पुगेको बताउनुभएको र राजदूत पुरीले पनि कसैले बिगार्न खोज्दैमा भारत र नेपालबीचको सम्न्ध बिग्रन नसक्ने धारणा राख्नुभएको थियो ।

एक-डेढ दर्जन मान्छेका कारण बिग्रेको कुरा ओलीले राजदूत पुरीलाई बताएका थिए । स्रोतका अनुसार राजदूत पुरीले त भारत पहिलेको जस्तो नभएको भन्ने सम्मको तर्क गरेर ओलीलाई कन्भिन्स गर्न खोज्नुभएको थियो । राजदूत र नेता ओलीबीच सौहाद्र्धता साथ कुराकानी भएको बताइन्छ ।