तीज पर्वको उपलक्ष्यमा पोखराको लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउँदो भदौ ६ गतेदेखि सञ्चालन हुनेछ । यो प्रतियोगिता राष्ट्रिय महिला भलिबलको छैठौं संस्करण हो ।
नव आदर्श सामुदायिक विकास समाज लामाचौर (कास्की)को आयोजनामा भदौ ४ देखि सञ्चालन हुने महिलाको महान पर्ब हरितालिका तीज महोत्सवको मुख्य आकर्षकको रुपमा राष्ट्रिय खुला महिला भलिवल प्रतियोगितालाई राखिएको छ ।
भदौं ८ गतेसम्म ईन्द्रराज्यलक्ष्मी माविको परिसरमा संचालन हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन काठमाडौंको न्यू डायमण्ड एकेडेमी, विभागीय टोली नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वल एपिएफ क्लव, नेपाल आर्मी, पश्चिमाञ्चल भलिवल संघ र जाउलाखेल भलिवल प्रशिक्षण केन्द्र गरी ६ टिमको सहभागिता हुने समाजका अध्यक्ष वमबहादुर गुरुङले बताए ।
प्रतियोगिताको बिजेताले ७५ हजार, उपविजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । तेश्रो हुनेले २० हजार र सान्त्वना हुनेलाई १५ हजार प्रदान गरिने छ ।
प्रतिक्रिया