डीएसपी दासलाई निलम्वन नगर्न सर्वोच्चको आदेश

डीएसपी दासलाई निलम्वन नगर्न सर्वोच्चको आदेश


नेपाल प्रहरीका डीएसपी सन्जिव शर्मा दासको निलम्वन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चले निलम्बन नगर्न अन्तरिम आदेश दिएसँगै दासले बढुवाको फुली लगाउने बाटो खुलेको छ ।

प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको इजलाशले निलम्वन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।दास डीएसपीबाट एसपीमा हालै बढुवा भएका थिए तर, गृहमन्त्री जनार्दन शर्माको आदेशमा प्रहरी प्रधान कार्यालयले निलम्बन गरी अनुसन्धान थालेको थियो ।

पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस-१ सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप लागेका डीएसपी शर्मालाई निलम्बन गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धान थालेको थियो ।