‘स्मार्ट’ बच्चा जन्माउनु छ भने…

‘स्मार्ट’ बच्चा जन्माउनु छ भने…


गर्भवती अवस्थामा हरेक महिला आफ्नो खानपानको विशेष ख्याल राख्छन् । प्रग्नेन्सीको समयमा डाइटको बन्दोबस्त गर्नैपर्छ । त्समाथि स्वस्थ र सुन्दर सन्तान जन्माउने चाहना कुन महिलालाई नहोला ? यो चाहना पूरा गर्न पनि गर्भवती महिलाले खानेकुरामा ध्यान पुर्‍याउनु आवश्यक हुन्छ ।

सम्बन्धित विशेषज्ञहरूले प्रग्नेन्ट महिलालाई आफ्नो खानामा अनिवार्य रूपमा अण्डा सामेल गर्न सुझाव दिएका छन् । आमा र बच्चा दुवैका लागि अण्डा अत्यन्त लाभकारी हुने उनीहरूको सुझाव छ । युरोपियन फुड सेफ्टी अथोरिटीको मान्यता छ कि प्रग्नेन्सीको चरणमा दोस्रो महिनादेखि यदि गर्भवती महिलाले अण्डालाई आफ्नो डाइटमा सामेल गर्छिन् भने उनबाट जन्मिेने बच्चाको दिमाग एवम् सिक्ने क्षमता निकै वृद्धि हुन्छ ।

जानौँ यसका खास फाइदा :

१. प्रोटिन : अण्डा प्रोटिनको अत्यन्त ठूलो स्रोत हो । यसमा सेलेनियम, जिंक, भिटामिन ए, डी, तथा केही मात्रामा बी कम्प्लेक्स पनि रहने हुँदा यसलाई सुपर फुड समेत भन्ने गरिन्छ ।

२. दिमागी विकास : अण्डामा रहेको Choline एवम् ओमेगा–३ चिल्लो एसिडले बच्चाको सम्पूर्ण विकासलाई टो दिन्छ र बच्चालाई मानसिक बिमारीविरुद्ध लड्ने क्षमता प्रदान गर्छ । यसले उसको दिमागको उन्नत विकासमा सहयोग पुर्‍याउँछ ।

३. क्यालोरी : गर्भवती महिलाले एक दिनमा २०० देखि ३०० सम्म थप क्यालोरी लिनु आवश्यक छ । एउटा अण्डामा करिव ७० क्यालोरी हुन्छ जसले आमा र बच्चा दुवैलाई शक्ति प्रदान गर्दछ ।