विज्ञान संकायको नतिजा सार्वजनिक

विज्ञान संकायको नतिजा सार्वजनिक


कक्षा १२ को बिज्ञान समुहको नतिजा सार्बजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार विज्ञान समूहको नतिजा प्रकाशन गरेको हो । सार्बजनिक नतिजा अनुसार बिज्ञान समुहतर्फ ७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत बैशाखमा भएको परीक्षामा ४४ हजार ८ सय ९७ जना सहभागी थिए । जसमध्ये ३५ हजार ६ सय ६८ विद्यार्थी उत्तीर्ण भएका हुन । त्यस्तै आंशिकतर्फ ४३ प्रतशित विद्यार्थी उत्तीर्ण भएका छन । आंशिक परीक्षामा ९ हजार ४ सय ८९ जना सहभागी भएकोका थिए । तीमध्ये ४ हजार १ सय ३७ जना उत्तीर्ण भएका छन् ।