रुपन्देही मणिग्राममा व्यापारीमाथि गोली प्रहार

रुपन्देही मणिग्राममा व्यापारीमाथि गोली प्रहार


रुपन्देहीको मणिग्राममा शुक्रबार विहान गोली चलेको छ । मोटरसाइकलमा आएका दुई जना पसलभित्रै पसेर गोली चलाएको बताइएको छ ।

मणिग्राम स्थित श्रीसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भएको छ । तर मानवीय क्षति भने हुन पाएन ।  हेलमेट लगाएर पसलमा पसेका उनीहरुले दुई राउण्ड गोली चलाएको स्थानीयले बताएका छन् ।

गोली फायर गर्नसाथ उनीहरु भागेको प्रत्यक्षदर्शीले जनाएका छन् । मोटरसाइकलको नम्बर समेत पहिचान हुन सकेको छैन । घटनाको मनोज पुनले जिम्मा लिएका छन् । उनी बुटबल र आसपासका क्षेत्रमा अपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन् ।

पुनले व्यापारी भण्डारीका छोरा दिपकलाई फोन गरेर आफ्नाे समुहले गोली चलाएको बताएका हुन् । ३०लाख चन्दा मागेको तर नदिएका कारण गोली चलाएको फोनमा पुनले बताएको दिपकले जानकारी दिए । पुनले थप आक्रमण गर्ने चेतावनी समेत दिएका छन् ।

पुनकै योजनामा यसअघि युवा संघ रुपन्देहीका अध्यक्षको गोली हानी हत्या भएको थियो। पुन प्रहरीको व्यापक खोजीको सूचीमा छन्। उनका अपराधिक गतिविधिले प्रहरी प्रशासन र स्थानीयहरुलाई त्रसित बनाएको छ।