राजपा केन्द्रीय कार्य समिति बैठक शुरु

राजपा केन्द्रीय कार्य समिति बैठक शुरु


राजपाको केन्द्रीय कार्य समिति बैठक शुरु भएको छ । २ नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने या नहुने लगायतका बिषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्य समिति बैठक शुरु भएको हो ।

बबरमहलस्थित एक पार्टी प्यालेसमा केहिबेरअघि शुरु भएको बैठकमा पार्टीको सांगठनिक संरचना, आगामी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि यहि साउन १८ गतेदेखि हिजोसम्म बसेको पदाधिकारी बैठकमा बोल्नेमध्ये धेरैले संबिधान संशोधन नभइ निर्वाचनमा भाग लिन नहुने सुझाव दिएका छन् ।

उनीहरुले संविधान संशोधन नै पार्टीको बटमलाइन भएको भन्दै त्यो बिना चुनावमा जान नसकिने धारणा राखेका थिए । केहिले भने संशोधनलाई मुद्धा बनाएर निर्वाचनमा जानुपर्ने बताएका थिए ।

यस्तै पछिल्लो पटक पार्टीमा बढेको बिबादबारे पनि बैठकमा छलफल हुनेछ । ६ वटा दल मिलेर पार्टी बनेपनि सांगठनिक रुपमा एकिकरण भने हुन सकेको छैन ।