उपत्यकामा वितरण हुने दुधको गुणस्तरमा शंका !

उपत्यकामा वितरण हुने दुधको गुणस्तरमा शंका !


संसदहरुले उपत्यकामा वितरण हुने दुधको गुणस्तरमा प्रश्न उठाएका छन् । उनीहरुले उपत्यकामा वितरण हुने दूध पूर्ण स्वास्थ्य र गुणस्तरीय छ या छैन भन्ने सरकारले मापदण्ड लागू गर्न नसकेको भन्दै संसदीय समितिमा आक्रोस पोखेका हुन ।

व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिको बैठकमा सांसद कमलप्रसाद पंगेनी, नवराज शर्मा, चन्द्रबहादुर कुँवर, मानबहादुर थारु, काशीनाथ अधिकारी, अमृतकुमार बोहरा, डिल्लीप्रसाद काङ्खले लगायतले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने दूध र दुग्धजन्य सामग्रीको गुणस्तरीयतामा मापदण्ड निर्धारण गरी कडाइपूर्वक किन लागू गर्न नसकिएको हो रु भन्दै प्रश्न गरेका थिए । उनीहरुले सरकारको लाचारीका कारण सो मापदण्ड लागू हुन नसकेको भन्दै तत्काल लागू हुनुपर्नेमा जोड दिए ।

यस्तै,आजको समितिको बैठकले काठमाडौँ उपत्यकामा वितरण हुने दूधको मापदण्ड तुरुन्त लागू गर्न सरकारलाई निर्देशन दिएको हो । समितिको आईतबार बसेको बैठकमा सभापति मोहनप्रसाद बरालले मुलुकभर उत्पादन र वितरण हुने सबै दूधको गुणस्तर मापन गर्न र गुणस्तरीय नभएका अवस्थामा त्यसमा जिम्मेवार तथा दोषी निकाय यकीन गरी कारबाहीको दायरामा ल्याउन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिए ।

समितिले बजारमा पशुपालन तथा खाद्य वस्तुको अनुगमन सम्बन्धमा बाधक बनेका कानून परिमार्जनका लागि प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।