भरतपुर महानगरपालिकाका नवनिर्वाचित १ सय ४५ जनप्रतिनिधीले आजै पद तथा गोपनीयताको सपथ लिँदैछन् । प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जिल्ला समन्वाय समितिको हलमा सपथ खुवाउने कार्यक्रम रहेको छ ।
महानगरका २९ वडा मध्ये नेकपा एमालेले १४, नेपाली कांग्रेसले १२ र माओवादी केन्द्रले ३ स्थानमा बिजय हासिल गरेको छ । वडा नं.४ र ७ मा मतपरिणामको विषयलाई लिएर मुद्धा चलिरहेकोले २ जना वडा अध्यक्षले भने सपथ लिन पाउने छैन ।
सपथका लागि महानगरका २९ वडाका जनप्रतिनिधीहरु हलमा उपस्थित भएका छन् । सपथ ग्रहण लगतै उनीहरुले आजै पदभार ग्रहण गर्नेछन् ।
लामो समयको अन्तरालपछि सर्वोच्चको आदेश लगतै भरतपुर महानगर प्रमुखमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट रेणु दाहाल बिजयी भएकी छिन् भने उपप्रमुखमा पार्वती शाह विजयी भएकी छिन् ।
प्रतिक्रिया