राष्ट्र बैंक कर्मचारीको आन्दोलन गर्ने चेतावनी

राष्ट्र बैंक कर्मचारीको आन्दोलन गर्ने चेतावनी


नेपाल राष्ट्र बैंक कर्मचारी संघले माग पुरा नभए भदौंपछि आन्दोलन गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले संशोधन गर्न लागेको कर्मचारी सम्बन्धि विनियमावलीमा वृद्धि विकासका लागि आवधिक पदोन्नती, अधिकृत तृतीय स्तरसम्मको अतिरिक्तमान र वृत्ति विकासको लागि पर्याप्त दरबन्दीको सृजना लगायतका विषय राखिएकोमा संघले त्यसको विरोध जनाएउदै तत्काल राखिएको माग पुरा नगरे भदौपछि आन्दोदन गर्ने चेताबनी दिएको हो । आफुले माग गर्दै आएको एकद्वार अवकास नीतिमा भने व्यवस्थापनले वेवास्ता गरेको भन्दै संघले ज्ञापन पत्र समेत बुझाएको छ ।

ज्ञापन पत्र बुझाएको एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघले एकद्वार नीतिको माग गरेपनि स्पष्ट अडान भने राख्न सकेको छैन् । संघका अध्यक्ष डुण्डीराज मिश्रले भने, ‘एकद्वार नीतिमा कुन व्यवस्था राख्ने भन्नेमा साथीहरु पनि बाँडिएका छन्, हामी छलफल गर्दैछौं ।’ राष्ट्र बैंकमा उच्च तहका कर्मचारीहरुमा विशिष्ट श्रेणिमा पुगेको ७ वर्ष र प्रथम श्रेणिमा पुगेको १२ वर्ष भएमा अवकाश पाउने व्यवस्था पनि छ । विनियमावली संशोधन समितिले सेवा अवधिको विषयलाई संशोधन प्रस्तावमा उठाइएको भएपनि प्रस्तावमा कुनै धारणा नदिएर भने खालि नै राखिएको छ । हाल विनियमावली संशोधनको मस्यौदा राष्ट्र बैंकको सञ्चालक समितिमा पेश भएको छ ।