चीनको सिचुआन प्रान्तमा शक्तिशाली भूकम्प

चीनको सिचुआन प्रान्तमा शक्तिशाली भूकम्प


चीनको योङ्लेमा शक्तिशाली भूकम्प गएको छ । सिचुआन प्रान्तदेखि ६६ किलोमिटर पर रहेको वाङ्लेमा आज स्थानीय समयअनुसार बेलुका ९ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।

६.५ म्याग्नेच्युडको भूकम्पको केन्द्रविन्दु वाङ्लेबाट ३६ किलोमिटर पश्चिम जमिनभन्दा १० किलोमिटर मुनी रहेको बताइएको छ ।

अमेरिकी भूगर्भ विभागले चीनमा शक्तिशाली झट्का महसुस गरिएको जनाएको छ । भूकम्पको क्षतिको विवरण प्राप्त भएको छैन ।  यसअघि २००८ मा सिचुआनमा गएको भूकम्पमा ७० हजार मानिसको मृत्यु भएको थियो । एजेन्सी