भारतीय विदेशमन्त्री सुषमा स्वराज काठमाडौंमा (भिडियो-फोटो-फिचर)

भारतीय विदेशमन्त्री सुषमा स्वराज काठमाडौंमा (भिडियो-फोटो-फिचर)


भारतीय विदेशमन्त्री सुषमा स्वराज आज काठमाडौं आइपुग्नुभएको छ । आज साँझ ६ बजेदेखि सुरु हुने बिमस्टेक बैठकमा सहभागिता जनाउन स्वराज काठमाडौं आउनुभएको हो । अति व्यस्त सेड्युलमा रहनुभएकी विदेशमन्त्री स्वराजले आजै ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैहुनुहुन्छ भने ५ बजे उहाँको राष्ट्रपति विद्यादेवी भण्डारीसँग घेटघाटको कार्यक्रम रहेको बुझिएको छ ।

यस्तै, भोली शुक्रबार बिहान स्वराजले राजपाका नेताहरुसँग ब्रेकफाष्ट मिटिङ गर्दै हुनुहुन्छ भने दिउँसो ३ बजे नेपालस्थित भारतीय राजदूतावासले आयोजना गर्ने दिवाभोजमा सरिक हुँदै विदेशमन्त्री स्वराजले नेपाली नेताहरुसँग सामुहिक भेटवार्ता गर्नुहुने बुझिएको छ ।

भिडियो हेर्नुहोस्

  तस्बिर : वीरेन्द्र केएम