रजत महोत्सवमा टेबलटेनिस प्रतियोगिता

रजत महोत्सवमा टेबलटेनिस प्रतियोगिता


नेपाल उद्योग बाणिज्य महासंघअन्तर्गतको नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको रजत महोत्सवको अवसरमा ‘प्रथम उपत्यकाब्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिता आगामी शनिबार आरम्भ हुनेछ ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघले विद्यार्थीहरू नै आफ्ना प्रमुख उपभोक्ता रहेका कारण रजत महोत्सवको अवसर पारेर स्वस्थ नागरिक उत्पादनको क्षेत्र खेलकुदलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको केन्द्रिय अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य सुनिल गोपाल श्रेष्ठले जानकारी गराए ।

उक्त खुला प्रतियोगितामा ३५ स्कुलका ७० महिला र १ सय ४० पुरुष खेलाडीहरुले सहभागिता जनाउने भएका छन । १२ बर्ष मुनि र १६ बर्ष मुनिको एकल गरि ४ स्पर्धामा प्रतिस्पर्धा हुने क्षेत्रीय अध्यक्ष विजेन्द्र विक्रम शाहले जानकारी गराए । समय तथा स्थान अभावका कारण ४ स्पर्धालाई मात्र प्रतियोगितामा समावेस गरिएको सो अवसरमा जानकारी गराईको थियो ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा स्पिन ईभेन्ट प्रा.लि.ले आयोजना गर्ने प्रतियोगिताको अनुमानित लागत १ लाख रहेको छ । प्रतियोगिता लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।