सुन तस्करी मौलायो केरुङ नाकामा

सुन तस्करी मौलायो केरुङ नाकामा


केरुङ नाकाबाट राजश्व छलेर नौ किलोग्राम सुनसहित उम्कन लागेका दुई व्यीक्त पक्राउ परेका छन् । चीनको केरुङबाट मोटरसाइकलमा फल्सबटम बनाएर ल्याएको नौ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिका–५ का दीपक घले र पार्वतीकुण्ड गाउँपालिका–५ का फुर्वा तामाङलाई विदुर नगरपालिका–१० सिमुटारबाट नुवाकोट प्रहरीले पक्राउ गरेको हो ।

बा ५५ प ८०६७ नम्बरको मोटरसाइकलमा फल्सबटम बनाएर लुकाएको अवस्थामा ६ किलो र त्यही मोटरसाइलमा चढेका फुर्वा तामाङले शरीरमा बाँधेर लुकाएको थप तीन किलो सुन बरामद भएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कडाई भएपछि चीनको बाटो केरुङ नाकाबाट पछिल्लो समय सुन तस्करी बढेको सम्बद्ध सुत्र बताउँछ ।