बाढीका कारण कोसीपारीका जिल्लामा विद्युतसेवा अवरुद्ध

बाढीका कारण कोसीपारीका जिल्लामा विद्युतसेवा अवरुद्ध


लगातारको अविरल बर्षाका कारण नेपाल विद्युत प्राधिकरणको सुनसरी स्थित दुहवी सवस्टेशन डुवानमा परेपछि केसीपूर्वका सवै जिल्लामा विद्युत अवरुद्ध भएको छ । पानी फालेर सवस्टेसन मर्मत गर्न दुईतिन दिन लाग्ने भएकाले ति स्थानमा अझै केही दिन विद्युत प्रवाह गर्न असम्भव रहेको विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत भार प्रशारण केन्द्रका प्रमुख विष्णु प्रसाद श्रेष्ठका अनुसार लगातारको बर्षाले १३२ केभी प्रशारण लाइनको दहवी सवस्टेशन डुवानमा परेपछि कोशीपुर्वका जिल्लामा विद्युत अवरुद्ध भएको हो । त्यस्तै, इलामको चुलाचुलीमा रहेको कावेली करीडोर अन्र्तगतको प्रशारण लाइन समेत अवरुद्ध भएको छ ।

कावेली जलविद्युतबाट उत्पादित विद्युत पुर्वी नेपालका पहाडी जिल्लामा वितरण गरिएको छ । उक्त प्रशारण लाइनको १७ र २० नम्बरबीचका विद्युत टावर ढलेको छ । यस्तै पुर्वकै २० मेगावाटको माइखोला जलविद्युत आयोजनको उत्पादन पनि शुक्रबारबाट बन्द भएको छ । यता चितवनको भरतपुर सवस्टेशन पनि डुवानमा परेको छ ।