‘इम्युनिटी पावर’ बढाउन वीर्य सेवन

‘इम्युनिटी पावर’ बढाउन वीर्य सेवन


मानिसहरू रोग र बिमारीबाट बच्न के–के मात्र गर्दैनन् ! कोही बजारबाट विभिन्न औषधि, भिटामिन खरिद गर्छन् त कोही जडीबुटी र आयुर्वेदिक उपचारको सहारा लिन्छन् । तर, एक बेलायती महिलाले रोगबाट बच्नकै लागि जुन कुरा सेवन गर्दै आएकी छिन्, यो सुन्दा निकै आश्चर्य लाग्न सक्छ । हो, बकिङ्घमसायर (बेलायत)निवासी ट्रयासी किस आफ्ना पुरुष मित्रहरूबाट दानमा वीर्य लिएर हरेक बिहान सेवन गर्ने गर्छिन् । वीर्यको सेवनले आफ्नो ‘इम्युनिटी सिस्टम’ सशक्त हुने उनको मान्यता छ । २९ वर्षीया ट्रयासी यसअघि फेस मुलायम र चम्किलो बनाउने भन्दै अनुहारमा वीर्य दल्ने कर्म गरी चर्चामा आएकी पात्र हुन् । वीर्य सेवनबारे उनको भनाइ छ कि यसले उनलाई थकावट र बिरामी महसुस गर्न दिएको छैन, शरीरमा स्फुर्ती बढेको छ । फलफूलको रस, दूध, नरिवल आदिमा मिसाएर वीर्य सेवन गर्दै आएकी ट्रयासी वीर्य निकै टेस्टी हुने दाबी गर्दै भन्छिन्, ‘तर, वीर्यको स्वाद पुरुषले के खानेकुरा खाने गरेको छ भन्नेमा भर पर्छ ।’