१०१ वर्षीया वृद्धा आमा बनेपछि…

१०१ वर्षीया वृद्धा आमा बनेपछि…


आमा बन्ने महिलाका उमेरको प्राकृतिक सीमालाई चुनौती दिँदै इटलीकी एक वृद्धाले १०१ वर्ष उमेरमा बच्चा जन्माएर विश्वका साथ विज्ञानलाई नै आश्चर्यचकित तुल्याएकी छिन् । यस घटनाले महिलामा प्रजनन क्षमताको निम्ति उमेरको कुनै सीमा नहुने साबित गरिदिएको छ । वास्तवमा जोसुकैले पनि जान्दै र मान्दै आएको कुरा हो कि उमेर ढल्कँदै गएसँगै महिलाको प्रजनन क्षमतामा पनि ह्रास आउँछ । तर, इटलीकी अनातोलिया ब्हर्टाडेला नामकी सय कटेकी महिलाले यस प्राकृतिक तथ्यलाई नै गलत साबित गरिदिइन् । यसअघि सोह्र सन्तान जन्माइसकेकी अनातोलियाले सत्रौँ सन्तानको रूपमा फ्रान्सिस्को नामक बालक जन्माउन आफूमा गर्भाशय प्रत्यारोपण गराएकी थिइन् । टर्कीको एक निजी क्लिनिकमा डा. एलेक्जेन्ड्रो पोपोलिकीद्वारा गराइएको पाठेघर प्रत्यारोपणको सन्दर्भलाई आलोचना र विवादको विषय बनाइएको छ, किनकि युरोपीय कानुनअनुसार यो बर्जित हुन आउँछ । कानुनले जे भने पनि अनातोलियाचाहिँ आफूले यस उमेरमा नौ पाउण्डको स्वस्थ बालक जन्माउनुलाई भगवान्को आशीर्वाद ठान्छिन् । सोह्रवटा सन्तान जन्माएपछि ४८ वर्षको उमेरमा क्यान्सरका कारण उनले आफ्नो पाठेघर गुमाउनुपरेको थियो । अहिले सय वर्ष कटेपछि पाठेघर प्रत्यारोपण गराएर सत्रौँ बच्चा जन्माउन सक्दा आफ्नो पुरानो पीडामा समेत मल्हम लागेको र आफूलाई निकै गौरवानुभूति भएको अनातोलियाले बताएकी छिन् ।