नेपाली काँग्रेसले संसदको एक महिनाको तलव बाढी पीडितलाई दिने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले संसदहरुले आफ्नो एक महिनाको तलव वाढी पीडितलाई दिने निर्णय गरेको हो । बरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार दलका जति सांसद छौं सबैले वाढी पीडितको राहतका लागि एक महिनाको तलब उपलव्ध गराउने निर्णय गरेका बताए ।
माओवादी केन्द्रका सांसदबाट एक महिनाको तलब
नेकपा माओवादी केन्दका सांसदले बाढीपहिरो पीडितका लागि एक महिनाको तलब प्रदान गर्ने भएका छन् । माओवादी केन्द्रको संसदीय बोर्डको बैठकले बाढीपीडित जनतालाई तत्काल सहयोग एवं राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले प्रभावित क्षेत्रका सांसदलाई तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा गई उद्धार, राहत र स्वस्थ्य उपचारमा जुट्न बैठकले निर्देशन दिएको बताईन ।
एमालेद्वारा एक लाख दिने
नेकपा एमाले दोलखा–काठमाडौँ मञ्चमा आबद्ध नेता तथा कार्यकर्ताले बाढीपीडितलाई सहयोगस्वरुप एक लाख ४५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् । मञ्चको बैठकमा उपस्थित नेता तथा कार्यकर्ताबाट एक लाख ४५ हजार रुपैयाँ संकलन भएको र संकलन भएको उक्त रकम पार्टी कार्यालयमा बुझाउने मञ्चका अध्यक्ष गणेश शिवाकोटीले बताएका छन् । यसैगरी, एमाले ले ‘प्राकृतिक विपत्ति राहत कोष’ स्थापना गर्ने निर्णय गरेको छ । एमाले केन्द्रीय सचिवालयको बैठकले कृषि विकास बैंक, कालीमाटी शाखामा रहेको ०२१०३००७१७९१७ खाता नं मा रकम संकलन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया