‘अपहरणमा परेका’ बालक घरमै !

‘अपहरणमा परेका’ बालक घरमै !


रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेको भनिएका एक बालक आफ्नै घरमा फेला परेका छन् ।

अपरिचित समूहले मंगलबार दिउँसो सैनामैना नगरपालिकाको सालझुण्डीबाट १४ वर्षीय विवेक कार्कीलाई अपहरण गरेको खबर प्रहरीसमक्ष पुगेको थियो । कार्की बुटवलको उपमहानगरपालिका निवासी हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेलबहादुर पाण्डेका अनुसार आमासँग हिँडिरहेको बेला अपरिचित समूहले विवेकलाई सेतो कारमा हालेर अज्ञात स्थानतर्फ लगेको थियो ।

तर, त्यसको केही घण्टापछि बालक आफ्नै घरभित्र फेला परेको पाण्डेले बताए । डीएसपी पाण्डेले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।