ऱ्याफ्टिङ नेता बन्न व्यवसायीहरू अग्रसर

ऱ्याफ्टिङ नेता बन्न व्यवसायीहरू अग्रसर


नेपाल एसोसियसन अफ ऱ्याफ्टिङ एजेन्ट (NARA) को २९औँ अधिवेशन आगामी भदौ १६ गते काठमाडौंमा हुने भएको छ । ऱ्याफ्टिङ व्यवसायीहरूको छाता सङ्गठन नारा (NARA) को स्थापना ऱ्याफ्टिङमार्फत पर्यटन प्रवद्र्धन गर्ने र विपत्तिका बेला उद्धार कार्यमा संलग्न हुने उद्देश्यका निम्ति भएको हो । उक्त सङ्गठनको नेतृत्वमा हाल चन्द्रबहादुर दाहाल, शेखरबहादुर थापा, जगत दाहाल, शिव अधिकारी र भीष्मराज थपलियालगायतका व्यक्ति रहेका छन् । आगामी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको हुँदा ऱ्याफ्टिङ व्यवसायमा रहेका विभिन्न व्यक्तिहरू सङ्गठनको नेतृत्व लिन अग्रसर भएका छन् ।

प्राप्त जानकारीअनुसार अहिले सङ्घको अध्यक्ष बन्न नीमबहादुर मगर, गंगाप्रसाद नेपाल, मेघ आले र अर्जुन दाहालले रुचि देखाएका छन् । उनीहरूमध्ये नीमबहादुर मगर र गंगाप्रसाद नेपाल बलियो उम्मेदवारका रूपमा देखापरेका छन् । त्यस्तै, उपाध्यक्षमा हालका महासचिव शेखरबहादुर थापाको सम्भावना बढी देखिएको छ भने महासचिवमा भीष्मराज थपलिया र शिव अधिकारीमध्ये एकले बाजी मार्न सक्ने सम्भावना रहेको बताइन्छ । कोषाध्यक्षमा रीता अधिकारी र शिशिर खनालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपालमा हाल त्रिशूली, भोटेकोसी, बुढीगण्डकी, कालीगण्डकी, सेती, मस्र्याङ्दी, सुनकोसी, तमोर, भेरी, बलेफी र कर्णालीलगायत चौध नदीहरूमा ऱ्याफ्टिङ हुने गरेको छ ।