खबरदार सुशील बाबु, नेकाको हत्या नगर्नुस्

खबरदार सुशील बाबु, नेकाको हत्या नगर्नुस्


-अधिवक्ता जगत प्रसाद आचार्य,
नेपाली कांग्रेस नेपालको इतिहासमा सबैभन्दा पुरानो राजनैतिक पार्टी र प्रजातन्त्र स्थापनापश्चात संषदमा दुई तिहाई जनताहरुका प्रतिनिधिहरु नेपाली कांग्रेसबाट छनौट नभएको हैन तर बिस्तारै नेतृत्व तहमा कोइराला खान्दानको एकलौटी बाहूल्यताको कारणले गर्दा शेर बहादुर देउबाको पक्षमा ४० प्रतिशतभन्दा बढी व्यक्तिहरुको प्रवेश भई नेपाली कांग्रेस फुट्न गएको थियो, जसले नेपाली कांग्रेसका जनताहरुमा नैरास्यता छाएको कुरालाई मध्यनजर गरी तत्कालीन नेपाली कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले आफ्नो दूरदर्शिता प्रयोग गरी नेपाली कांग्रेसलाई एक बनाउन निकै ठूलो पहल गरी शेर बहादुर देउवा पक्षको टिमलाई पनि उचित स्थान दिई कांग्रेस पार्टीलाई एकीकरण गर्न सफल भएका थिए, त्यसपश्चात् गिरिजा कोइरालाले हरेक निर्णयमा पुग्नुअगाडि वरिस्ठ नेता शेर बहादुरको रायलाई मध्यनजर गर्दै राजनैतिक कुशलता र चातुर्यता प्रस्तुत गर्दै आएका हुनाले मात्रै नेपाली कांग्रेसले पुन: काचुली फेर्न थालेको थियो, जब नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाको मृत्यु भयो, त्यसपश्चात सुशील कोइरालाले पार्टीको नेतृत्व सम्हाल्न पुगे । पछि मात्रै सुशील बाबुको राजनीतिक क्षमता र स्वच्छ व्यक्तित्व नेपाली कांग्रेसका जनतामाझ झल्कने आशा धेरैले गरेका थिए। वास्तवमै त्यसताका नेपाली राजनीतिमा सर्वाधिक स्वच्छ छविका नेताको रुपमा सुशील बाबु मानिनुले नेपाली कांग्रेस पार्टीले सही गति लिने सर्वत्र आशा र भरोशा गरिएको थियो।

नेपाली कंग्रेससको १२ औं महाधिवेशनलाई एकता महाधिवेशन भनेर प्रचारप्रसार गरियो जसमा सुशील बाबु र देउवामध्ये सुशील कोइराला सभापतिको लागि चुनिनु भयो । त्यसपश्चात सुशील बाबुलाई परिचालन गर्ने २, ४ स्वार्थी चम्चेहरु लागीपरे र कोइराला पनि तिनीहरुको इशारामा नाच्न थाल्नु भयो । उहाँले देउवालाई एउटा राजनैतिक सहकर्मीको रुपमा हेर्नु पर्नेमा एउटा प्रतिद्वन्द्वीको व्यहार देखाउन थाल्नु भयो । यो नै सुशील कोइरालाको गम्भीर भूल हो । सुशील बाबुले यो कुरा कहिल्यै बिर्सिनु हुँदैन कि देउवा भनेको प्रजातन्त्रको स्थापनापश्चात पटक-पटक जनताहरुको अत्यधिक मत ल्याई निर्बाचित नेता, पूर्व प्रधानमन्त्री, चाकडी र चप्लुशीबिना नेतृत्वमा पुग्ने नेता र पूर्व ने।का। प्रजान्त्रिकका सभापति हुन् । यी कुराहरुलाई ध्यान दिएर नै पूर्व सभापति गिरिजा प्रसाद कोइरालाको पालामा शेर बहादुर देउवालाई वरिस्ठ नेताको उपाधि दिएका हुन् । पछिल्लो समयमा गिरिजाले शेर बहादुर प्रति हेर्न दृस्टीकोण पहिलेभन्दा किन फरक आयो त रु वास्तवमै गिरिजा प्रसाद कोइरालाले देउवाको क्षमता र निजको पछाडि रहेको नेपाली कांग्रेसका जनताहरुको बाहूल्यताबाट ज्यादै प्रभावित भई र वीपीको समाजबादलाई साकार पार्न नेपाली कांग्रेसलाई देउवाको सहभागिता अपरिहार्य देखी समानुपातिक हिसाबले पदहरुको बाँडफाँड गरी नेपाली कांग्रेसलाई एकीकरण गर्न सफल भएबाट नेपाली कांग्रेस आज यो अवस्थामा रहेको हो ।
तर अहिले नेपाली कांग्रेसलाई पहिला जस्तै विभाजनको अवस्थामा पु-याउने खेलमा केही स्वार्थी, चम्चागिरी, देशद्रोही, जनताहरुबाट पटक-पटक अस्वीकृत भएका र जनतालाई भर्ममा पार्न पल्केका २र४ जना नेताहरु लागेर सुशील बाबुलाई गलत सल्लाह दिई शेर बहादुर देउबाको लोकप्रियता समाप्त गर्ने बहानामा नेपाली कांग्रेसको इतिहास समाप्त पार्न खोजिरहेका र सुशील बाबु पनि समय परिस्थितिलाई ध्यान नदिई पहिलाको नेपाली कांग्रेसको अवस्था, देशको तरलताको अवस्था र जिम्मेवार प्रतिपक्षको भूमिकालाई पूर्णतः बिर्सिएर आफ्नै भातृ संस्था नेपाल बिद्यार्थी संघ बिघटन गरेको ६ महिनासम्म पनि तयारी महाधिबेसन तयारी समिति गठन गर्न नसकेको, दुई महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय सदस्यको मनोनयन ६ महिनाभन्दा बढी समय गर्न नसकेको र आपशी सहमति नहुनाले भिभिन्न विभाग र विभिन्न बिषयगत समितिको गठन हुन नसकेको परिस्थितिलाई मूल्यांकन नगरी फेरि २ महिनाअगाडि आफ्ना भ्रातृ संस्थाहरूको विघटन गरेर नेपाली कांग्रेस पार्टीको इतिहासमा वीपीको समाजबादलाई हत्या र समाप्त पार्ने खेलमा सक्रिय रुपमा अगाडि देखापर्नु भएको छ ।

नेपाली कांग्रेसले शान्ति प्रक्रिया, संविधान लेखनसहित पार्टीले लिएको १० बुँदे राजनीतिक अडान, जनजागरण अभियान र राजधानीलगायत देशको प्रमुख शहरहरूमा राष्ट्रियस्तरमा गरिएका आमसभाहरूमा पार्टीको धारणा स्पष्ट गरेपछि जनताहरुमा नेपाली कांग्रेस देश, जनताप्रति निकै सर्तक रहेको देखिन्थ्यो भने आज पार्टीका केन्द्रीय कार्यसमितिका सदस्यदेखि, जिल्ला स्तरीय नेता कार्यकर्तालगायत बिदेशमा हुने सम्पर्क समितिका कार्यकर्ता समेत पार्टीको भ्रातृ संस्थाको विषयलाई लिएर २ नेताबीच भएको विवादबाट खुशी देखिँदैनन् । वास्तबमा सुशील कोइरालामा निर्णय क्षमता बिल्कुलै नभएको कारणले आज नेपाली कांग्रेसको वर्तमान अवस्था आएको र निजलाई सभापतिमा जिताउनुमा पनि यिनै २र४ चम्चाहरुले आफ्नो स्वार्थ सिद्द गर्न आफूले भनेको मान्ने र आफूले रिमोट लिई आगामी पार्टीको नेतृत्व हडप्ने खेलमा अहिलेदेखि नै सुशील बाबुलाई घुमाउने गरेका छन् । तर नेपाली कांग्रेसका सम्पूर्ण जनताहरु सुशील बाबुले जे ग-यौ, त्यै मान्न तयार छैनन्, किनकि सुशील बाबुको दक्षता र क्षमताको तुलनामा देउवालाई उच्च मूल्यांकन गर्नै पर्ने हुन्छ । किनभने निज देउवाले गिरिजा प्रसाद कोइरालालाई समेत टक्कर दिई आफ्नो क्षमताको पहिचान गराई सकेका र निजप्रति जनताको पूर्ण मत आजसम्म छ भने निजले कसैको पछाडि लागेर चाकरी र चप्लुशी नगरेको उदाहरणहरु छन्, त्यसले कसै-कसैले देउवा अलिक घमण्डी छन् भन्ने गरेका छन्, त्यो स्वोभाबिक हो जसले आफ्नो क्षेत्रबाट पटक-पटक हार ब्यहोर्नु परेको छैन, जसले सिङ्गो पार्टीको नेतृत्व गरिसकेको छ, जसले रास्ट्रको प्रधानमन्त्री पद सम्हालेको छ, जो सिद्धान्तको लागि गिरिजा प्रसाद कोइरालासँग समेत पछाडि हटेको छैन, जसले अर्काको कुरा सुनी आफू निर्णय गर्न सक्षम हुन्छ भने त्यस्तो व्यक्ति सुशील बाबु जस्तो जनताबाट पटक-पटक हारेका, चाकडी गरेरमाथि आएका। नेतृत्वमा रहेर सही निर्णय गर्न नसक्ने र देशको अवस्थाप्रति गम्भीर नहुने व्यक्तिको अगाडि घमण्ड गर्नु कुनै नौलो कुरा हैन ।

सुशील बाबुले आफैले भ्रातृ संस्थाहरूको विघटनबारे मध्यममार्गी निकाश निकाल्न कृष्ण सिटौला, नरहरि आचार्य र रामशरण महत रहेको कमिटि बनाई त्यसबाट सुझाएको मध्यममार्गी निर्णय समेत अस्वीकार गर्दै नेपाली कांग्रेसको इतिहासमा एउटा तानाशाह सभापतिको रुपमा आफ्नो तानाशाही चरित्र उजागर गर्नु भएको कारणले देउबाले नेपाली कांग्रेसका ४ भ्रातृ संस्थाहरूको अनसनमा ऐक्यबद्धता जाहेर गरी अनसन तोडाउन र नेतृत्वलाई समस्या समाधानका लागि दबाब दिन आफुले केन्द्रीय समितिको सदस्यबाट समेत राजीनामा दिनुले देउबाको महानता र भ्रातृ संस्थाहरू प्रतिको मोह रहेको प्रस्ट हुन्छ । यसरी नेपाली कांग्रेस भ्रातृ संस्थाको विवादमा फँस्न गई देशको र जनताहरुको इच्छा आकाँक्षामा लात मार्दै व्यक्तिगत स्वार्थ र पदलोलुपताको पछाडि लाग्ने र सभापतिलाई लाग्न प्रेरित गर्ने परिपाटीले देश विदेशमा हुने आम नेपाली कांग्रेसका कार्यकर्तामा बढेको उत्साह र विश्वासमा क्षति पुगेको हुनेले गर्दा नेतृत्वमा रहेर सभापतिले सबै पक्षलाई समेटेर लानुको सट्टा यस्तो निन्दनीय कार्य गरेकोले नेपाली कांग्रेसका जनताहरुको कठघरामा उभिएर यसको जबाफ दिनु पर्नेछ भने मध्यममार्गी निकाश निकाल्न गठित कृष्ण सिटौला, नरहरि आचार्य र रामशरण महतले पनि आम नेपाली कांग्रेसका जनताहरुसामु भन्नै पर्ने हुन्छ -हामीले गरेका मध्यममार्गी सहमति प्रस्ताब गद्दाफीको अगाडि सुनुवाई भएन, मरहामी क्षमा प्रार्थी छौ ।

निष्कर्षमा भन्नुपर्दा कोइरालाले बार्ता समाधान समितिको सहमति तोड्नु भनेको त जे सक्छौ त्यही गर देउवाजी भन्न खोजेको जस्तो देखिन्छ त्यसबारेमा पार्टीभित्र अल्पमत र बहुमतको खेल शुरु गर्नु कतिको उपयुक्त हुन्छ, कांग्रेस इतिहासलाई हेरी नेपाली कांग्रेसमा एकता कायम गर्न सहमतिबाट संगठन सञ्चालन नभएमा पार्टीभित्र एकता हुँदैन, सो कुरालाई सभापति कोइरालाले सदैब बुज्नु पर्दछ । यसरी एकलौटी निर्णय गर्नु भनेको कांग्रेसलाई फुटाउने प्रयत्न र उत्प्रेरणा हो त्यसले सुशील बाबुले वीपीको समाजबादलगायत नेपाली कांग्रेसको हत्या वा समाप्त गर्ने दुस्प्रयास गरिरहनु भएकोले जनताहरुको तर्फबाट खबरदारी छ कि सुशील बाबुले राष्ट्रिय राजनीतिलगायत संगठनको विषयमा निर्णय गर्दा शेर बहादुर देउवालाई साथ लिई निर्णय गर्ने पद्धति बसाल्नुस्, जसले नेपाली कांग्रेसलाई थप उचाइमा लानेछ । हैन भने भोलिको कांग्रेस बिभाजनको सम्पूर्ण दोष सभापति कोइराला र निजका मतियारहरुले लिनुपर्ने र निजहरु जनताहरुको कठघरामा उभिएर यसको जबाफ दिनु पर्ने हुन्छ भने मध्यममार्गी हौ भन्ने कांग्रेस नेताहरुको भूमिका साक्षीको रुपमा किनभने गत १२ औं महाधिवेशनको सभापति निर्वाचनको प्रतिस्पर्धामा कोइराला र देउवाका बीचमा थोरै मतको अन्तरले हारजित भएकोले देउबाको पक्ष अल्पमन पर्दैमा कम्जोर छैन । त्यसले पार्टी फुटाउन उत्प्रेरणा नगर्नुस् र केन्द्रीय कार्य समिति लगायत सम्पूर्ण नेपाली कांग्रेसका कार्यकर्ताले तपाइको क्षमताप्रति प्रश्न गरिरहेको परिस्थितिलाई पुनर्विचार गर्नुहोस्, पार्टीको हितमा ध्यान दिनुहोस् र देशको तरलताको अवस्थालाई ध्यान दिई कुशल नेतृत्वको परिचय दिई पार्टीमा सन्तुलन कायम गरी सबैको भावनालाई सम्मान सक्नुहोस् ।