बार्सिलोनामा आतंककारी हमला

बार्सिलोनामा आतंककारी हमला


बार्सिलोनाको आतंककारी हमलामा १३ जनाको मृत्यु भएको छ । स्पेनको पर्यटकीय शहर बार्सिलोनाको कातालोनिया रामलामा आंतककारी हमलामा कम्तीमा ५० जना घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । विहिबार साँझ रामलाको कातालोनियामा मोरक्किन निवासी ड्रिस औकाविरले टुरिष्ट एरियामा प्रवेश गरी मानिसको भीडमा तिब्र गतिमा भ्यान दौडाई हमला गरेको प्रहरीले जनाएको छ ।

सेतो रंगको समान बोक्ने मिनि भ्यानको प्रयोग गरेर आक्रमण गरेको प्रहरीले जनाएको छ । भ्यानको नम्बर भने गोप्य राखिएको छ ।

घटनामा अर्को भ्यान पनि प्रयोग गरिएको तर त्यसलाई प्रहरीले समयमै नियन्त्रण लिन सफल भएको समाचारमा जनाइएको छ ।

घटनासँगै कातालोलिया सरकारले सुरक्षा ब्यवस्थालाई ब्यापक कडा बनाएको छ । उक्त घटनामा कोहि पनि नेपालीहरु नपरेको त्यहाँको राजदूताबासले जानकारी दिएको छ ।