ग्रिनेड आक्रमण गरेको आरोपमा विमल गुरुङविरुद्ध मुद्दा दर्ता

ग्रिनेड आक्रमण गरेको आरोपमा विमल गुरुङविरुद्ध मुद्दा दर्ता


पश्चिम बंगाल प्रहरीले गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङसहित अन्य चार जनाविरुद्ध ग्रिनेड आक्रमण गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । शनिबार राती कालेबुङस्थित एक प्रहरी चौकीमा ग्रिनेड आक्रमण हुँदा एक जनाको ज्यान गएको थियो। राती पौने ११ बजेतिर ग्रिनेड विस्फोट भएको थियो। घटनामा अर्का एक जना घाइते भएका छन् ।

यसअघि शुक्रबार मध्यराती दार्जिलिङको चोकबजारस्थित एक सुपरमार्केटमा बम विस्फोट भएको थियो । उक्त विस्फोटमा पनि गोजमुमो अध्यक्ष विमल गुरुङलाई आरोपित गर्दै प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

गोजमुमो अध्यक्ष गुरुङले भने घटनामा विस्फोटनमा आफ्नो संलग्नता अस्वीकार गर्दै उच्चस्तरी छानबीन समिति बन्नुपर्ने माग गरेका छन् । उनले राष्ट्रिय अनुसन्धान संस्थाको संलग्नता तथा सर्वोच्च अदालतको निगरानीमा एक छानबीन समिति निर्माण गर्न गृहमन्त्री राजनाथ सिंहसँग आग्रह गरेका छन् ।