लण्डन । मेडिकलका धनी विद्यार्थीहरुभन्दा मेडिकलका गरीब विद्यार्थीहरुका ऋणभार १३ हजार पाउण्ड बढी रहेको प्रतिवेदन प्रकाशित भएको छ । ब्रिटिश मेडिकल एसोसियशनको प्रतिवेदनअनुसार मेडिकलका विद्यार्थीहरुले अध्ययन गर्ने क्रममा औसत ऋण चौबीस हजार बयानब्बे पाउण्ड लिने गरेको प्राप्त गरेको छ । एसोसिएशनको मेडिकल फाइनेन्स सर्भेक्षणले कम आयश्रोत पृष्ठभूमि भएको विद्यार्थीहरुका औसत ऋणभार सैतीस हजार पाँचसय अठासी पाउण्ड रहेको कुरा प्रतिवेदनले देखाएको छ । मेडिसिन पढनुभन्दा अगावै ग्रेजुएट विद्यार्थीहरुका औसत खर्च प्रतिवेदनले तीस हजार अठहत्तर देखाएको छ ।
बीएमए मेडिकल स्टुडेन्ट कमिटीकी उपाध्यक्ष, एलली पिलावाच्चीले … मेडिकलका विद्यार्थीहरुले अहिले ग्रेजुएशन गर्दा एकदमै ठूलो ऋणभार खेप्नुपरेका छन्, धेरैजनाले प्रष्ट रुपमा परिवार र साथीहरुबाट ५,६ वर्षको अध्ययनकालागि आर्थिक सहयोग माग्न बाध्य छन् र विशेष गरी निम्न आयश्रोत भएका विद्यार्थीहरुका लागि त अझ सोचनीय अवस्था आएको छ … भनेकी छिन् । औसत ऋणभार गत वर्षबाट एकसय त्रियासी पाउण्ड बढेको पाइएको छ । तर, गरीब छात्रछात्राहरुका सन्दर्भमा ऋणभार एघार हजार दुईसय चौसट्ठी बढेर गएको प्रतिवेदनले जनाएको छ । यसले गर्दा पहिलेको अनुपातिक हिसाबमा देखिएको १४ देखि ११ प्रतिशत सम्पन्न विद्यार्थीहरुका संख्यामा ह्रास आएको देखिन्छ । अध्ययनलाई यथावत राख्नका लागि के्डिट कार्ड र स्टुडेन्ट लोन दिने ब्याङकहरुका सहारा लिनुपर्दछ र स्टुडेन्टहरु प्रतिवर्ष ३७०० पाउण्ड रकमको सहयोग परिवार तथा आफन्तहरुबाट निर्भर रहनु परेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया