हङकङ । संखुवासभा समाज हङकङकले आफ्नो वाषिर्क कार्यक्रममा देऊसीभैलोसहित, यही आइतवार हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापाको प्रमुख आतित्थ्यमा इण्डिया ल्कवमा सम्पन्न गर्यो । समाजका वर्तमान अध्यक्ष प्रेम कुमार कोरङ्गीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण सल्लाहकारहरु, आजीवन सदस्यहरु, खोटाङ समाजबाट मोहन गुरुङ, खोटाङ गुरुङ समाजबाट गोपाल गुरुङ, द नेपालिज् यूथ फाउण्डेसनका संस्थापक अध्यक्ष राजु राई र भर्खरै मात्र नेपालबाट आएका कलाकार अभिनेता नवल खड्कालाई अतिथिमा राखिएको थियो । सो कार्यक्रममा सल्लाहकार त्रय उपेन्द्र कोरङगी, लव कमार गुरुङ र हेम राईले दीपावलीको शुभकामना मन्तब्य दिएका थिए भने प्रमुख अतिथि प्रदीप थापाले संखुवासभा समाज हङकङको महासंघ प्रतिको सहयोगलाई कहिल्यै भुल्न नहुने राय प्रकट गरेका थिए । उक्त कार्यक्रममा समाजको वेभसाइट www.hamrosankhuwasava.com मा संलग्न व्रि्रम गुरुङ, बुद्ध लिम्बू, दिवस जिमी र कमान सिं गुरुङलाई खदा ओढाएर सम्मान गरिएको थियो भने सभापति प्रेम कुमार कोरङ्गीले प्रचारप्रसारमा सहयोग गर्ने सल्लाहकार डम्वर घले असई, अर्का सल्लाहकार सल बहादर कोरङ्गी, ब्यबस्थापनमा खट्ने समाजका पदाधिकारीहरु कुमार गुरुङ, चन्द्र प्रसाद राई, एम बी राईलगायत कार्यक्रम सफल पार्न उपस्थित हुनु भएका सबै महानुभावहरुमा समाजको तर्फबाट हार्दिक धन्यवाद दिएका थिए । उपाध्यक्ष मनोज गुरुङबाट स्वागत मन्तब्य गरिएको सो कार्यक्रम सचिव अजम्वर घलेले संचालन गरेका थिए ।-प्रेम, मेस
प्रतिक्रिया