साफ यू-१५ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपाल ६-० ले विजयी

साफ यू-१५ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपाल ६-० ले विजयी


साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले माल्दीभ्सलाई ६-० ले पराजित गरेको छ । नेपाली राष्ट्रिय यू-१५ फुटबल टोलीले माल्दिभ्सविरुद्ध हाफ टाइमसम्म ४-० को अग्रता लिएको थियो  ।

कप्तान रोशन रानामगरले पेनाल्टीमार्फत ३६औं मिनेटमा तेस्रो गोल थपेका थिए। आकाश बुढा मगरले ४५ औं मिनोटमा चौथो गोल गरेका थिए । दोस्रो हाफको सुरुआतमै रोशन दोङले नेपालको अग्रता बढाएका थिए।

नेपालका लागि १०औं मिनेटमा ब्रिजेश चौधरीले पहिलो गोल गरेका थिए। दोस्रो गोल १० मिनेटपछि दर्शन गुरुङको नाममा रहयो । ब्रिजेशले ७३औं मिनेटमा २०यार्डको दुरीबाट गोल गर्दै ६-०को अग्रता दिलाए।

जितसँगै नेपाल समूह’बी’बाट प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । नेपालले समूह विजेताको छिनोफानो गर्न बुधबार भारतको सामना गर्नेछ ।