समलिंगीहरुले गिर्जाघरमा विवाह गर्न पाउने

समलिंगीहरुले गिर्जाघरमा विवाह गर्न पाउने


लण्डन । पुरुष समलिंगीहरुलाई दाम्पत्य जीवनका लागि अब धार्मिक परम्पराअनुसार गिर्जाघरहरुमा तथा अन्य धार्मिक अनुष्ठानहरुमा विधिवित विवाह गर्न सक्ने कानून हिजो बेलायत सरकारले पारित गरेको छ । यस वर्षको अन्तसम्म लागू हुने गरी समलिंगी (गे) तथा महिला समलिंगी (लेस्बियन)हरुलाई धार्मिक स्थलहरुमा विवाहका लागि निवेदान भर्ने अनुमति दिइनेछ भनेर इकुवालिटी मिनिस्टर, लीन फिदरस्टोनले हिजो जाहेर गरेकी थिईन् । उनले … सरकारले अब लेस्बियन, गे र बायोसेक्सुअलहरुका लागि धार्मिक स्वतन्त्रता प्रदान गरेर सबैलाई न्यायोचित कानूनको सन्दर्भलाई एकिन दिलाउने र सरकारले यिनीहरु उपर राखिएको कानूनी बाधालाई पन्छाएर अब जुन धार्मिक अनुष्ठानहरुले यिनका पक्ष लिएर उभेका थिए सोहीअनुरुप मान्यता दिएर कानून बनाइनेछ … भनेकी थिईन् । हाउस अफ लर्डले इकुवालिटी एक्टलाई संशोधन गरेर समलिंगीहरुले धार्मिक अनुष्ठानहरुमा वैवाहिक कार्यक्रम गरेर विवाहसुत्रमा बाँध्न सक्ने गरी कानून सच्याइएको छ । श्रोत – नेट, सुमल, मेस ।