नेपाली राष्ट्रिय पटमा माओवादीका नाटकको मञ्चन

नेपाली राष्ट्रिय पटमा माओवादीका नाटकको मञ्चन


काठमाडौं । वरिष्ठ उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापा बादलले बिहीबारबाट शुरु भएको केन्द्रीय समितिमा पेश गरेको पार्टी नेतृत्वविरुद्धको १० बुँदे विरोध पत्रमा प्रचण्डले ‘रअ’का अधिकारीहरुलाई भेटेको आरोप लगाइएको छ । अध्यक्षले पदीय मर्यादासमेत ख्याल नगरि ‘रअ’का अधिकारीहरुलाई भेट्नु राजनीति र विधि दुबै दृष्टिले गलत भएको भन्दै बैद्य पक्षले भेटघाटको अन्तरवस्तुबारे पार्टी र जनतालाई जानकारी नगराउनुलाई सहस्यमय भनेको छ । शान्ति प्रक्रिया टुङ्ग्याउने सातबुँदे सहमति पार्टी निर्णय विपरित भएको भन्दै खारेजको माग गरेको छ । व्यक्तिगत क्षमताका अधारमा समायोजन गर्ने सहमतिले लडाकूलाई निःशस्त्र बनाउने र वनपाले तथा चौकीदार सरहको भूमिका दिने मान्यतालाई सातबुँदेमा स्वीकार गरिएको भन्दै बैद्य पक्षले सहमतिले परिवर्तनका लागि लडाकूहरुको गरेको त्याग तथा वलिदानको अबमूल्यन भएको बताएको छ । बैद्य पक्षले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको बिपा सम्झौता राष्ट्रघाती भएको भन्दै खारेजको माग गरेको छ । बैद्य पक्षले कन्टेनरको साँचो विशेष समितिलाई हस्तान्तरण गर्नु गलत भएको भनेको छ भने द्वन्द्वकालमा कब्जा गरिएको घरजग्गा फिर्ता गर्ने सरकारको निर्णय ‘गरीव तथा भूमिहिन र जोताहा किसानका लागि आहात र जमिन्दारका लागि राहत’ भएको भन्दै तत्काल खारेज गर्न माग गरेको छ । संविधान निर्माणको माग उपसमिति र कार्यदलबाट गरिएकोमा विरोध गर्दै बैद्य पक्षले त्यसलाई सच्याउन माग गरेको छ । संविधानसभाबाट संविधान निर्माण गर्नुपर्छ भन्नेमा विमति नभएको भन्दै बैद्य पक्षले सामन्तवाद र साम्राज्यवाद विरोधी सरतत्व भएको जनताको संघीय गणतान्त्रिक संविधान निर्माण गर्ने पार्टीको घोषित मान्यता विपरित अध्यक्ष एक्लैले उपसमिति र कार्यदलबाट काम गरेकोमा विरोध गरेको छ । सरकार गठनका क्रममा मधेसी मोर्चासँग भएको चारबुँदे सहमति पार्टी नीति र निर्णय विपरित भएको बताएको बैद्य पक्षले त्यसका अन्तरवस्तुहरुप्रति आपत्ति जनाएको छ । सहमतिमा उल्लेख भएको ‘लोकतान्त्रिक गणतन्त्र’ जनताको संघीय गणतन्त्रको कार्यनीति विपरित भएको, ‘कसैलाई पनि उसको कानुन अनुसारको स्वामित्वको सम्पत्तिबाट बदखल गरिने छैन’ भन्ने बाक्य क्रान्तिकारी भूमिसुधारको मूल मान्यता विपरित भएको बैद्य पक्षको विरोध पत्रमा उल्लेख गपिरएको छ । यस्तै लडाकूहरु सशस्त्र समूहगत समायेजन गर्ने मान्यतालाई विर्सिएको तर, मधेसी समुदाबाट सेनामा अलग एकाई बनाउने सहमतिको बैद्य पक्षले विरोध गरको छ ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तो मन्त्रालय नपाएकै कारण पार्टीको वैद्य पक्ष असन्तुष्ट भएको टिप्पणी गरेकाछन् । ‘समाचार’ पाक्षिकलाई दिएको अन्तर्वार्तामा माओवादी अध्यक्ष प्रचण्डले बैद्य पक्षले मानिसहरुलाई उल्लु बनाउने बोहकका केही नगरेको समेत बताएकाछन्। ‘विरोध गर्नुभएको छ भन्दाखेरि मलाई लाग्छ, मानिसहरुलाई यो पनि थाहा छ कि मन्त्रिपरिषद् उहाँहरुले मागेका केही मन्त्रीहरुमा कुरो नमिलेपछि यो सबै भइराखेको छ’ उनले सोही पाक्षिकमा भनेकाछन् -‘यो सबै देखाउनको निम्ति भइराखेको छ । मानिसहरुलाई उल्लु बनाउने कामबाहेक केही पनि भइराखेको छैन ।’ सात बुँदे सहमति पार्टी निर्णय विपरीत भएको भन्ने वैद्य पक्षको आरोप गलत भएको उनको भनाइ छ । ‘संविधान लेख्ने कुरालाई तीब्रता दिनुपर्छ भनेर पहिलै केन्द्रीय समितिको बैठकले एक मतले निर्णय गरिसकेको छ । निर्णय कार्यन्वयन गर भनेर जिम्मा दिएको छ’ उनले भने-‘कतिपय साथीहरुले भन्छन् नि, केन्द्रीय समितिले गरेको निर्णय उल्लघंन भयो भनेर । यो बडो हाँस्यास्पद पनि छ, बडो दुःखद पनि छ ।’ पार्टीको केन्द्रीय र स्थायी समितिले सेना समायोजन तथा पुनस्र्थापना कार्य अघि बढाउने जिम्मा केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिएको भन्दै उनले त्यो सीमाभित्र रहेर नै काम भएको बताएकाछन् । ‘केन्द्रीय कार्यालयको बहुमतले शान्ति र संविधानको >कुरालाई कार्यान्वयन गरिदियो’ उनले भनेकाछन् -‘अब चित्त नबुझ्ने त केन्द्रीय समितिमा पो जाने हो । सडकमा जाने हो ?’ उनले अगाडि भनेकाछन् -‘त्यो अन्ततः उहाँहरुको विचार समूह भनेर जुन भन्नु भएको छ त्यसको निम्ति नै पत्युत्पादक हुन्छ । कसैले पनि बुझिसक्नु कुरा भएन यो । सबैको लागि बडो अनौठो कुरा भयो यो ।’ वैद्य पक्षको असहमतिले पार्टीको कार्यदिशामा असर नपार्ने प्रचण्डको विश्वास छ । उनले भने ‘उहाँहरुले हिजो गरेको सहमतिलाई अवरोध गर्ने भन्ने मैले त्यस्तो देख्दिन । एकाध ठाउँमा केही अप्ठ्यारो पार्न त सकिएला तर यो सम्पूर्ण प्रक्रिया कार्यान्वयनमा गइसकेपछि उहाँहरुले वाधा दिनुहुन्छ भन्ने मलाई लागेको छैन ।’ माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो समय उत्पन्न विवादका कारण आफ्नो पार्टी नफुट्ने दावी गरेकाछन् । विहीबार संसदको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले भने-‘माओवादी पार्टी फुटिहाल्छ र माओवादीभित्र भएको अन्तरविरोधलाई कसैले नाटक सोचेको छ भने त्यो पनि गलत हो ।’ प्रचण्डले सल्लाह गरेर नै संस्थापन पक्षले सहमति गर्ने र वरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षको विरोध गर्ने गरेको हो कि भन्ने केही नेताहरुको आशंका पनि गलत भएको बताउनु भयो । ‘केही नेताहरुलाई माअेावादीभित्रको विवाद कार्यविभाजन गरेको त हैन भन्न लाग्दो रहेछ’, ‘दुनियामा कही त्यस्तो हुँदैन । कोही सहमति गर्ने र कोही विरोध गर्ने ।’ बैद्य पक्षले गरेको विरोधलाई पार्टी आफ्नो मूलभूत उद्देश्यवाट बिचलित हुने तथा नेपाली जनताको भाग्य र भविश्यमाथि तुसारापात हुने त हैन भनेर गरेको छलफल भन्दै उनले त्यसलाई स्वभाविक भनेकाछन्।

देखाउँछ । तर दुवै पक्षका नेताहरु कुनै पनि हालतमा पार्टी नफुट्ने बताउँछन् । ‘सातबुँदे सहमतिपछि पार्टीभित्र उत्पन्न विवादले माओवादी फुट्दैन’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेकाछन् -‘कसैले यो पार्टी फुटिहाल्छ, टुटिहाल्छ भनेर सोचेका छन् भने त्यो पूरा हुँदैन ।’ त्यसो त असन्तुष्ट वैद्य पक्षलाई समेत मिलाउन प्रचण्डले ठूलै प्रयत्न गरेको देखिन्छ । बैद्य पक्षले पार्टीबाटै अनुमति लिएर सात बुँदे सम्झौताको बिरोध गरेको माओवादीले अथ्र्याउन खोजेको छ । सहमति भएको मंगलबारको रात बालुवाटारमा माओवादीको छुट्टै बैठक बसेको थियो । वैद्य पक्षले जसरी पनि बिरोध गर्ने बुझेपछि प्रचण्डले नै असहमति राख्न छुट रहेको बताएको माओवादी स्रोतले जनाएको छ । त्यसो त बहुप्रतीक्षित केन्द्रीय समितिको बैठकमा पनि वैद्य पक्षलाई आफ्नो असहमति तल्लो तहसम्मै लैजान दिन संस्थापन पक्ष राजी भयो । यसबाट माओवादीको वैद्य पक्षले संस्थापन बिरुद्ध जतिसुकै कडा अभिव्यक्ति दिएपनि पार्टी तत्काल नफुट्ने संकेत पनि गरेको छ । विश्लेषकहरु पनि यही अनुमान गर्छन् । यसअघि फुटेका कांग्रेस र एमालेको हवीगत राम्रैसित थाहा पाएका माओवादी नेताहरु पार्टी फुटोस् भन्ने चाहान्नन् । बामदेवको हालत बुझेका वैद्य पनि सजिलै निस्केर हिंड्न सक्दैनन् । तर पार्टीमा आफ्नो प्रभाव छ भनेर देखाउनको लागि पनि वैद्य पक्षले आफ्नो असन्तुष्टी र असहमतिलाई लामै समयसम्म लम्ब्याउने चाहिं प्रष्ट छ । बैद्य पक्षका नेताहरुको कुरा सुन्दा लाग्छ उनीहरु अहिले अप्ठेरो अबस्थामा आइपुगेका छन् । बिरोध नगरौं राजनीति नै सकिने, बिरोध गरौं पार्टी नै फुटाएर अघि बढ्ने सम्भावना पनि नदेख्ने । न त अहिलेको भन्दा फरक राजनीतिक लाइन वा कार्यदिशा नै प्रस्ताव गर्न सकिएको छ न त अहिलेको प्रकृयालाई बेठिक भन्न नै । -देब, मेस, काठमाण्डौं