सात ब्रोकर कम्पनी निलम्बित

सात ब्रोकर कम्पनी निलम्बित


नेपाल धितोपत्र बोर्डलाई वार्षिक तिर्नुपर्ने नियमन शुल्क नतिरेको भन्दै ७ वटा ब्रोकर कम्पनीलाई निलम्बनमा परेका छन् । बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेन्जले ७ वटै ब्रोकर कम्पनी अर्को व्यवस्था नभएसम्म सेयर कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो ।

बोर्डको कारवाहीमा पर्नेमा अग्रवाल सेक्युरिटिज , आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज प्रालि , भृकुटी स्टक ब्रोकिङ कम्पनी, क्रियटिभ सेक्युरिटिज , डाइनामिक मनि म्यानेजर सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज  र साउथ एसियन बुल्स प्रालि रहेका छन् ।

धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेका अनुसार धितोपत्र दलाल व्यवसायी नियमावलीमा प्रत्येक ब्रोकर कम्पनीले आर्थिक वर्ष समाप्त भएको १ महिनाभित्र धितोपत्र बोर्डलाई कुल कमिसन मध्येबाट ० दशमलव ६ प्रतिशत नियमन शुल्क तिर्नुपर्नेमा सो शुल्क नतिरेकाले निलम्बन गरिएको हो । उनले भने,‘अब अर्को निर्णय नभएसम्म यी कम्पनीहरुले सेयर कारोबार गर्न पाउने छैनन् ।’