रहस्यपछि दम्पति, दाजुबहिनीमा परिणत

रहस्यपछि दम्पति, दाजुबहिनीमा परिणत


लण्डन – आज एउटा दम्पति आफ्नो पहिलो सन्तानको जन्मलाई व्यग्र भएर प्रतीक्षा गरिरहेको बेलामा उनीहरु सहोदर दाइ र बहिनी रहेको रहस्य थाहा लागेपछि छाँगाबाट खसेजस्तै भएका छन् । यो कटु सत्य उनीहरुलाई त्यतिबेला थाहा लागेको थियो, जतिबेला उनीहरुका परम्पराअनुसार उनीहरुका बुवाआमा विवाहका लागि आमनेसामने भएका थिए । उनीहरु पाँच वर्षदेखि प्रेममा फँसेकाले सम्बन्ध राख्दै आएका थिए । अहिले उनीहरुले सत्य कुरा थाहा लागेपछि आफ्नो दाम्पत्य सम्बन्धलाई तोडेका छन् । हुनेवाला बच्चाको समाचारलाई कसरी लुकाउने भन्ने कुरामा शोकमग्न छन् ।
सन् १९८३ सालमा उनीहरुका बुवाआमाको सम्बन्धमा कटुता आएपछि सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि दाइ र बहिनी छुट्टाछुट्टै ठाउँमा बसेर हुर्केका थिए । दक्षिण अफ्रिकाको पूर्वीप्रान्त मपुमलंगाको दुइटा भिन्नभिन्नै शहरहरुमा अस्सी किलोमीटरको दूरीमा उनीहरु बस्दै आएका थिए । सन् २००७मा युनिभर्सिटीमा उनीहरुको भेट भएको थियो । पहिलो नजरमा नै माया बसेका उनीहरु विगत पाँच वर्षदेखि दाम्पत्य सम्बन्ध राख्दै आएका थिए । यथार्थलाई प्रष्ट पार्दै ती महिलाले … हामी एउटा संसार बसाउन चाहान्थ्यौं र धेरै बच्चाहरु पैदा गर्ने सोंच राखेका थियौं, तपाई कल्पना गर्नुहोस्, कि यतिखेर आएर सत्यता थाहा लाग्दा हामीलाई कस्तो भएको होला र अब जन्मदै गरेको बच्चालाई के गर्ने… भनेकी थिईन् । विवाहभन्दा पहिले उनीहरुका परम्पराअनुसार केटातर्फो एकजना नातेदार बेहुलीलाई दिनुपर्ने लोबोला भन्ने रकम दिन जाँदा यो कुरा लागेको रहेछ । श्रोत – नेट, सुमल, मेस ।