तीर्थस्थलको रेकर्ड भीड

तीर्थस्थलको रेकर्ड भीड


लण्डन । ‘अल्लाह महान हुन् ! अल्लाह महान हुन् !’ भन्दै झण्डै साढे दुई करोड मुसलमान मानिसहरुका जमातले हिजो शैतानको प्रतीक निर्माण गरेर राखेका तीनवटा स्तम्भहरुलाई ढुंगा प्रहार गरेका छन् । मुसलमानहरुका पवित्र स्थल, हजकालागि (तीर्थमा जाने) गएका मुसलमानहरुले मनाउँदै आएका हजको दोश्रो दिन, इँद अल अधाको पर्वका दिन अर्थात् यस दिनदेखि पर्व विदा हुन्छ, त्यस दिनमा शैतानलाई ढुंगा प्रहार गर्ने गरिन्छ । ढाई करोडको जमातले अल्लाहको स्तुति गाउँदै चार लेभेल उँचाइमा निर्माण गरेका तीनवटा कंक्रिटको स्तम्भहरु हुँदै जाँदा, तीर्थ यात्रीहरुका भेलले ढुंगा प्रहार गर्दै त्यहाँबाट पार हुने गर्दछन् । यही क्रम दुई दिनसम्म दोहोर्‍याउँदै ढुंगा प्रहार गर्छन् । मिना उपत्यकामा मनाइने यो मुस्लिम संस्कार उहिले अब्राहमले शैतानलाई ढुंगा प्रहार गरेको सम्झनामा मनाउँदै आएका छन् । शैतानलाई अब्राहमले वशमा गर्नका लागि तीनपटकसम्म ढुंगा प्रहार गरेका थिए, भनिन्छ । यतिबेला हजमा जानेहरुका लागि ठूलो भीडको कारणले गर्दा जोखिमपूर्ण हुन्छ ।
सन् २००४मा यसै भीडमा २४४जना तीर्थालुहरु किच्चिएर मरेका थिए । त्यसको अर्को साल पनि ३६०जना मानिसहरुका ज्यान गएको थियो । तीन दिनसम्मको शैतानलाई तीनपटक ढुंगा प्रहार गरेपछि श्रद्धालुहरुले आ-आफ्नो कपाल खौरिन्छन् र कतिले कपालको केही अंश मात्र फाल्छन् । यो परम्परा पैगाम्बर मोहम्मदको पालादेखि चल्दै आएको मानिन्छ । त्यसपछि संस्कार अनुसार एउटा भेंडा अथवा बाख्राको बलि दिने प्रचलन रहेको छ । मुसलमानहरुले अब्राहमले आपmनो छोरा इस्माइलको ठाउँमा बलि दिएको द्योतक मान्ने गर्छन्, तर, यो संस्कार त्यस ठाउँमा नगरेर अरु ठाउँमा अथवा आफ्नो देशहरुमा गर्ने पनि गरिन्छ । श्रोत – नेट, सुमल, मेस ।