लण्डन । ६ जनाको अनुसन्धान टोली मंगलग्रह भित्रको जीवनबारे अनुसन्धान गर्नका लागि मंगलगरहको वातारवरण सिर्जना गरेर १८ महिनासम्म त्यस वातावरणमा एकपल्ट पनि बाहिरी वातावरणमा ननिस्की बसेका थिए । उनीहरु अत्यन्त सुगमता तथा एकआपसमा मिलेर १८ महिनासम्म बसेका थिए । यसरी १८ महिनासम्म अत्यन्त सौहार्दताको साथमा कुनै मनमुटावबिना बसेकाले उनीहरु छक्क परेका छन् ।
यस अभियानका नाइके रुसी वैज्ञानिक अलेक्सी सितेभ थिए । उनका अनुसार यस अवधिभरि समूहका सदस्यहरु शुरुदेखि केही कुरामा खटपट नभई अन्तसम्म प्रशिक्षण र अनुसन्धानको कार्यक्रम समाप्त गरेकोमा आफ्नो समूहलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले …. वास्तवमा मैले यो अनुसन्धान एकदमै कठिन र तनावपूर्ण हुन्छहोला भनेर ठानेको थिएँ, तर, यो एकदमै सरल तरिकाले समापन भएको मा म छक्क परेको छु … भनेका थिए । यस समूहमा तीनजना रुसीहरु, एकजना इटालियन-कोलम्बियन, एकजना फ्रान्सेली नागरिक र एकजना चिनियाँ नागरिक यस अनुसन्धानको हिस्सा बनेका थिए । वैज्ञानिकहरुलाई पूर्ण अनुगमन र सर्भेक्षणमा राखिएको थियो । अनुसन्धानको लागि झ्यालरहित च्याम्बरभित्र मंगल ग्रहको जस्तै वातावरण सिर्दना गरेर अनुसन्धान सम्पन्न गरिएको थियो । टिम लिडर सितेभले यस अनुसन्ध्ाानमा जानुअघि भर्खरै विवाह गरेका थिए । उनका नवविवाहित दुलहीले उनलाई यस अभियानकालागि सहमत जनाएकी थिईन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया