काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले द्वन्द्वकालमा मुद्धाहरुमा आममाफी दिने सहमति तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालकै पालामा भएको बताएकाछन् । प्रचण्डले माधव नेपाल प्रधानमन्त्री हुँदा नै सभासद् बालकृष्ण ढुंगेल लगायतको मुद्धामा मन्त्रिपरिषद्बाट निर्णय गरेर राष्ट्रपतिबाट आममाफी दिने सहमति भएको जानकारी, लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन गतसाता अमेरिका ग्उर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनेकाछन्। ‘यो कुरा माधव नेपाल प्रधानमन्त्री हुँदा नै हाम्रो पार्टीको तर्फबाट गम्भीर ढंगले छलफल गरेर क्म्याविनेटबाट पास गर्छु भनेर उहाँले प्रष्ट भन्नु भएको हो’ उनले भने-’यसखालका मुद्धामा राष्ट्रपतिले माफी दिनेबाहेक अर्को उपाय छैन भन्ने भएपछि यस बेलामा नै यो कुरा भएको थियो ।’
बृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजकका हैसियतले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन अमेरिका गएका प्रचण्डले राष्ट्रसंघका महासचिव वान कि मुनलाई भेटेकाथिए। भेटमा वान नेपालको प्रस्तावअनुसार लुम्बिनी विकास अन्तराष्ट्रिय समितिको संयोजक बस्न सहमत भएकाछन्। वानलाई भेटपछि माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार लण्डन पुगेकाथिए।-देब, काठमाण्डौं, मेस
प्रतिक्रिया