प्रधानमन्त्रीले देशको स्वभिमानको धज्जी उडाए : ओली

प्रधानमन्त्रीले देशको स्वभिमानको धज्जी उडाए : ओली


एमाले अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले देशको स्वाभिमानको धज्जी उडाएको आरोप लगाएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकका जाने क्रममा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नयाँदिल्लीमा प्रम देउवाले भारतीय नेताहरुसामु दिएको अभिव्यक्ति र गतिविधि राष्ट्रिय स्वाभिमानविरुद्ध अत्यन्तै लज्जास्पद भएको बताए ।

उनले भने, ‘नेपालको गरिमाभन्दा बाहिर गएर राष्ट्रियता, संसदको विषयमा आँच आउने अभिव्यक्ति, भारतलाई खुसी पार्न बोलिएको हुनसक्छ,’ ओलीले भने ।