थाई पूर्वप्रधानमन्त्रीलाई पक्राउ आदेश

थाई पूर्वप्रधानमन्त्रीलाई पक्राउ आदेश


थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री यिङलक शिनावात्राविरुद्ध शुक्रबार पक्राउ आदेश जारी गरेको छ । आपराधिक लापरवाहीसम्बन्धी एउटा मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी गरेका हुन् ।

सर्वोच्च अदालतले शुक्रबार शिनावात्रविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेपनि अदालतमा उनी उपस्थित नभएपछि मुद्दाको फैसला अर्को महिनाका लागि सारिएको एएफपीले जनाएको छ । ६ वर्षअघिको उक्त मुद्दा शिनावात्राको जितसँग जोडिएको चामलसम्बन्धी अर्बौं डलरको अनुदानसँग सम्बन्धित रहेको बताइएको छ ।

थाइल्याण्डको सैनिक सरकारले बजार मूल्यभन्दा दोब्बर मूल्यमा तत्कालीन सरकारले जनताका सबै चामल खरिद गर्दा भ्रष्टाचार भएको आरोप लगाएको छ । दोषी ठहर भएमा शिनावात्राले १० वर्षका लागि जेल सजाय भोग्नुपर्ने हुनसक्छ ।


तस्बिर : एएफपी