>हंगकंग । खोटाङ स्थाइ घर या पुख्र्यौली भएका गायनको क्षेत्रमा उत्कृष्ट प्रतिभाको खोजी गर्ने ध्येयले पहिलो ‘खोटाङ तारा’ २०६८ हुने भएकोछ। गत केही महिनाअगाडि आश्विन २८ गते शनिबार राजधानी काठमाण्डौमा संस्कृति मन्त्री गोपाल किरातीको उस्पस्थितिमा घोषणा गरिएको थियो । खोटाङ महासमाज र किराँत कला केन्द्र खोटाङले यस कार्यक्रमलाई प्रतियोगिता गर्न लागेको हो। पहिलो चरणमा जिल्लाका १३ इलाकाबाट ५र५ जनाको स्वर परीक्षण गरिने बताइएको छ । स्वर परीक्षणबाट उत्कृष्ट भएका ६५ मध्ये अन्तिम प्रतिस्पर्धाका लागि २० जना छनोट गर्ने र त्यसबाट पनि टप फाइभ छनोट गरी अन्तिम नतिजा निकाल्ने महासमाजका अध्यक्ष नवल खड्काले बताएकाछन् । उनका अनुसार प्रतियोगिता आउँदो माघ महिनाबाट शुरु हुने र फागुनमा सकिनेछ । खोटाङमा गरिने शुरुका कार्यक्रम मिडिया पाटनर्सहरु स्थानीय रुपाकोट सामुदायिक रेडियो र हलेसी एफएमबाट प्रसारण गरिने खड्काले बताए । तर अन्तिम नतिजा भने राजधानीमै हुनेछ । जसको प्रत्यक्ष प्रसारण भने हिमालयन टिभिबाट गरिनेछ भने फाइनलको सबै भाग भीडीयोहरु मूलबाटो डटकमले राख्ने जनाइएकोछ।
पहिलो, दोस्रो, तेस्रो र सान्त्वना दुई जनालाई पुरस्कृत गरिने छ । उनीहरूले क्रमशः ५०, २५, १५ र १० हजार रुपैयाँ जित्नेछन् । उत्कृष्ट पाँच प्रतिभाको सामूहिक गीति एल्बममा पनि निकालिदिने आयोजकले बताएकोछ भने, “प्रथम हुनेले विदेशको कुनै पनि ठाउँमा कन्सर्ट गर्ने अवसरका लागि पहल गरिनेछ ।” कामको सिलसिलामा बिदेसिएका खोटाङवासीले पुरस्कारका लागि रकम व्यावस्थापन गरेका छन् । प्रथमका लागि हङकङमा रहेका खोटांग समाजका सदस्य जयराम राईले अस्ति खोटांग समाज हंगकंगले अनौपचारिक कार्यक्रम गरी दुमकुलु रेष्टुरेन्टमा नेपालबाट आएका महासमाजका अध्यक्ष नवल खडकालाई हस्तान्तरण गरेकाछन्। उक्त कार्यक्रममा खोटांग समाजका अध्यक्ष सुवास राईलगायत समाजका पदाधिकारिहरु थिए भने खोटांग समाजका पूर्व सदस्य तथा किरात राई खाम्मातिमका अध्यक्ष युग कृष्ण राई कोषाध्याक्ष मधुकुमार राई र मिडिया पार्टर्नसका प्रतिनिधि पिताम्बर राई आदिको उपस्थिति रहेको थियो। प्रथम पुरस्कारको अलवा काठमाण्डौमा हल बुकिङ गर्न करिब ५० हजार नेपाली रुपैया मधुकुमार राईको सम्योजकमा स्पोनसर गर्ने र एक गीत रचना खोटांग समाजका सचिव मोहन गुरुङले गर्ने बाँकी सबै रेकडिङको खर्चहरु पनि स्पोनसज गर्ने र मूलबाटो डटकमको विज्ञापन र मिडिया पार्नसको खर्च सबै स्पोनसरकै रुपमा दिने पनि घोषणा भएको थियो। बाकि पुरस्कार भने दोस्रोका लागि थाइल्यान्डमा रहेका सुविन राईले, तेस्रोका लागि थाइल्याण्डकै यादव राई र सान्त्वनाका लागि मलेसियामा युवराज राई ‘जेठा’का तर्फबाट सहयोग रकम उपलब्ध हुने भएकोछ। नवल खडका विगत २ हप्तादेखि हंगकंगमै रहँदै आएकाछन्। आगामी महिनाको २७ तारिख दश गजा चलचित्र हंगकंग प्रदर्शन गर्ने पनि जानकारि गराएका थिए। -अधिराज, हंगकंग
प्रतिक्रिया