दोक्लाम विवाद मत्थर हुने संकेत

दोक्लाम विवाद मत्थर हुने संकेत


दोक्लाम विवाद मत्थर हुने संकेत देखिएको छ । भारतीय विदेशमन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै चीनसँग दोक्लाम क्षेत्रमा करिब ३ महिनादेखि चलिरहेको तनाव अन्त्य गर्न दुवै देशले छिटोभन्दा छिटो आफ्नो सैन्य तैनाथी फिर्ता गराइन सहमति भएको जानकारी गराएको हो ।

पछिल्ला केहीसाता भारत र चीनले आफ्नो कुटनीतिक सञ्चार दोक्लामको विषयमा चालु राखेका थिए । चीन, भारत र भुटानको सीमावर्ती हिमाली क्षेत्रबारे उल्लेख गर्दै भारतीय विदेशमन्त्रालयले विज्ञप्ती जारी गरेको हो ।

यही आधारमा सीमावर्ती सेनाबीच दोक्लाममा चलिरहेको तनाव अन्त्य गर्न सैन्य फिर्तीको लागि सहमति भएको छ र काम द्रुत गतिमा चलिरहेको भारतीय विदेशमन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

भारतीय विदेशमन्त्रालयले विज्ञप्ती जारी गरि यसबारे जानकारी दिए पनि चीनले भने केही बोलेको छैन् ।