गाभिने भए दुई सरकारी बैंक

गाभिने भए दुई सरकारी बैंक


राष्ट्रिय बाणिज्य बैंक र नेपाल औद्योगिक विकास बैंक (एनआईडिसी)बीच गाभ्ने–गाभिने (मर्जर) सम्झौता भएको छ । आज सोमबार राष्ट्रिय बाणिज्य बैंकको प्रधानकार्यालयमा आयोजित समारोहका बीच यससम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।

राष्ट्रिय बाणिज्य बैंकका अध्यक्ष डा. रविन्द्र पाण्डे र एनआईडिसीका अध्यक्ष बैकुण्ठ अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल सरकारले गत माघ १४ गते गरेको निर्णयअनुसार नेपाल औद्योगिक विकास बैंकलाई राष्ट्रिय बैंकमा गाभ्ने–गाभिने प्रक्रिया अघि बढाइएको छ ।

यसरी दुई सरकारी बैंक मर्जर भएपछि बाणिज्य बैंकको पूँजी वृद्धि हुन पुगेको छ । आगामी माघ १ गतेदेखि एकीकृत कारोबार शुरु हुने बताइएको छ र त्यसनिम्ति आवश्यक प्रक्रिया पूरा गर्न नेपाल राष्ट्र बैंकमा पत्राचार गरिएको छ ।

आज आयोजित समारोहमा मर्जर समितिका संयोजक निर्मलहरि अधिकारी, सहसंयोजक मुकुन्दराज पन्थी, बाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ, एनआईडिसीका कार्यकारी अधिकृत शिवजी राय यादव, बाणिज्य बैंकका नायव कार्यकारी प्रमुख भुपेन्द्र पाण्डे र नायव महाप्रबन्धक कविराज अधिकारीलगायतको उपस्थिति थियो ।