किन परेनन् दुगड पक्राउ ? प्रहरीको सूचीमा अझै फरार !

किन परेनन् दुगड पक्राउ ? प्रहरीको सूचीमा अझै फरार !


–रोशन कार्की

लामो समयदेखि पैसाकै भरमा गुणस्तहिन सामाग्रीको उत्पादन गरेर उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गरेको आरोपमा पक्राउ पूर्जी काटी सकेको दुगड ग्रुपले अहिले सम्म खुला रुपमा व्यवसाय चलाउदै आएका छन् । कालोबजारी र ठगी मुुद्दामा यसअघि पक्राउपुर्जी समेत भएका नरेश दुुगड कुमारी बैंकमा अझै सञ्चालक रहेका छन् । एक बर्ष देखि फरार भनिएका केएल दुुगड गुु्रपका सञ्चालक नरेश दुुगडलाई कालोबजारी तथा ठगी मुुद्दामा काठमाडौ जिल्ला अदालतले दोषी ठहर गर्दै पक्राउ पुुर्जी जारी गरेको थियो । तर दुुगड पुर्ववतरुमा कुुमारीमा सञ्चालक नै भएर काम गरि रहेका छन् भने उनको उद्योगबाट गुणस्तरहिन सामाग्रीको उत्पादन समेत भई रहेको छ ।

सन्तोषकुमार लामाको अध्यक्षतामा डां शोभाकान्त ढकाल, उत्तमपसाद भट्टराई, नरेश दुुगड, बिनोद दवाडी र पुुनराम भण्डारी सहितको ६ सदस्यीय सञ्चालक समितिमा दुगडकै बोलवाल चल्ने गरेको समेत बैंकका कर्मचारीहरुले बताएका छन् ।  यसमध्ये नरेश संस्थापक सेयरधनी समुहका तर्फबाट बैकमा सञ्चालक रहेका छन् । नरेश सहित केएल दुुगडका किसनलाल दुुगड, कुुमुद दुुगड, बिकास दुुगड समेतको नाउँमा अदालतले ठगी तथा कालोबजारी मुुद्दा अन्र्तगत पक्राउ पुुर्जी जारी गरिसकेको भएपनि बैक सञ्चालक समितिले दुुगडलाई सञ्चालक पदबाट हटाउन सकेको छैन ।

गत बर्ष भएको नाकाबन्दीको समयमा केएल दुुगड ग्रुपको काठमाडौको जडिबुुटी स्थित गोदाममा प्रहरी र गुणस्तर तथा नापतौल बिभागले छापा मार्दा प्रचलित बजार मुल्य भन्दा उच्च मुल्य बढाएर बेच्नको लागि स्टिकर परिवर्तन गरेर राखिएको दुुई ट्रक खाने तेल बरामद गरेको थियो । सो समुहले धारा, सुर्यमुुखी तेल लगायतका दैनिक उपभोग्य खाद्य सामाग्री बिक्रीबितरण गर्दे आएको छ । यसरी स्टिकर नै परिवर्तन गरेर चर्काे मुल्यमा खाने तेल बिक्री तथा भण्डारण गरेको प्रमाण फेला परेपछि दुुगड ग्रुपका बिरुद्ध काठमाडौ जिल्ला अदालतमा ठगी तथा कालोबजारी अन्र्तगत मुुद्दा दायर गरिएको थियो ।

सोही मुुद्दामा अदालतले दुुगड ग्रुपका सबै सञ्चालकहरुलाई दोषी ठहर गर्दै ९ करोड रुपैयाँ भन्दाबढी रकम ठगी गरेको फैसला गर्दे तत्काल पक्राउ गर्न आदेश दिएको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेको भएपनि दुुगड ग्रुपका सञ्चालकहरु नेपाल तथा भारतमा बसेर आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् । राष्ट्र बैकको नियम अनुसार फौजदारी, ठगी, कालोबजारी अन्र्तगत अदालतले दोषी ठहर गरेका व्यक्तिहरु बैकको सञ्चालक हुुन नपाउने प्रावधान रहेको भएपनि दुगड भने अहिले पनि कुमारी बैकमा सञ्चालक रहिरहनुु नै कुमारी बैकको बित्तीय कारोवारमा समेत आशंका उत्पन्न भएको छ ।

यसैबीच, दुगड फ्रुट एण्ड बेफरेजले गुणस्तहिन फ्रुटी उत्पादन गरेको भन्दै सुतंगलस्थित गोदाममा महानगरिय अपराध महाशाखा काठमाडौंले छापा मारेर सिलबन्दी गरेको छ । कम्पनीले उत्पादन गर्ने फ्रुटी नामक जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो । महाशाखाका अनुसार कम्पनीको गोदाममा ४ सय ड्रम मिति गुज्रेको म्याङ्गो पल्प भेटिएको छ ।  गत असारमा पनि आपूर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयुक्त अनुगमन टोलीले दुगडको गोदाममा सिलबन्दी गरेको थियो । सर्वसाधरणको गुनासोका आधारमा टोलीले उद्योगमा अनुगमन गर्दा फ्रुटीमा अखाद्य केमिकल जस्तो पदार्थ भेटेको थियो ।