घरबाहिर निस्कन थाले त्रसित मुस्लिम नागरिक

घरबाहिर निस्कन थाले त्रसित मुस्लिम नागरिक


करिब १० दिनअघि स्पेनको बार्सिलोना सहरमा भएको आतङ्ककारी हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएपछि वार्सिलोनावासी मुस्लिम नागरिकमा ठूलो त्रास छाएको छ । उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको थियो भने त्यस्तै अरु १०० जना भन्दाबढी नराम्ररी घाइते भए । सो हमलाका कारण यहाँ बसोबास गर्दै आएका मुस्लिम नागरिकलाई निकै अप्ठेरो परेको बताइएको थियो ।

सो हमलाको इस्लामिक स्टेट नामक आतंककारी समूहले जिम्मा लिएको छ । उक्त समूहले सो भीषण हमलाको जिम्मा लिएपछि सो सहरमा बस्ने मुस्लिम समुदायका नागरिकमाथि नै निगरानी बढेको र यसले गर्दा उनीहरुले आफूलाई असुरक्षित महसुश गरेको समाचारमा जनाइएको थियो । उनीहरुले आफूहरुलाई प्रहरीले निगरानी गर्ने गरेको तथा यस समुदायका नागरिकमाथि हमला हुनसक्ने त्रास समेत बढेको बताएका थिए । बार्सिलोना सहरमा सानो संख्यामा मुस्लिम समुदायका नागरिक बस्छन् ।

गएको करिब नौ वर्षदेखि बार्सिलोनमा बस्दै आएका ती नागरिकहरुले यहाँ बसोबास गर्दै आएका मुस्लिम समुदायका नागरिक निकै डराएका र उनीहरु घरबाहिर पनि निस्किन नसकिरहेको बताएका थिए ।

बार्सिलोना सहरको एक बस्तीमा ४० जना मुस्लिम बस्दै आएका छन् । उनीहरु ४० को संख्यामा रहेका छन् । तर सो हमलापछि उनीहरु केही समय त शुक्रबारको प्रार्थनाका लागि मस्जिद जान पनि डराएका थिए ।

प्रहरी तथा स्थानीय स्पेनिसले पनि मुस्लिम अनुहार देखेपछि बाटो हिंडीरहेका शर्वसाधारण नागरिकदेखि प्रहरीसम्मले निकै निगरानी गर्ने र आशङ्काका रुपमा हेर्ने भएकोले उनीहरुमा त्रास छाएको यहाँका स्थानीय मुस्लिम समुदायका नागरिकको भनाइ थियो । तर पछिल्ला केही दिनयता आएर भने उनीहरु विस्तारै घर बाहिर निस्किने र सार्वजनिक सभा समारोहहरुमा भाग लिने पनि गर्न लागेको पाइएको स्थानीय समाचारहरुमा उल्लेख गरिएको छ ।

इस्लामिक स्टेटले गएका केही वर्षयतादेखि युरोपेली देशमा आक्रमण गर्दै आएको छ । यसरी गरिएका आक्रमणबाट नागरिकको ज्यान जाने क्रम बढ्दो मात्रामा रहेको बताइएको छ ।

सन् २०१४ मा उक्त आतंककारी समूहले गरेको आक्रमणमा परी ४८ जनाको ज्यान गएको थियो भने यो संख्या २०१५ सम्ममा निकै बढेको छ । युरोपमा कार्यालय रहेको एक संस्थाको पछिल्लो तथ्यांकअनुसार सन् २०१५ मा युरोपका विभिन्न देशमा भएका यस्ता आतंककारी हमलामा परी ज्यान जानेको संख्या ५३४ रहेको एएफपीले छ ।