सिलवाल मुद्दाको फैसला २७ भदौमा

सिलवाल मुद्दाको फैसला २७ भदौमा


प्रकाश अर्याललाई सरकारले आईजिपी बनाएपछि आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च धाएका नेपाल प्रहरीका डीआईजी नवराज सिलवालको मुद्दा अब टुंगिने भएको छ ।

उनले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा बहस सकिएको सर्वोच्चले जनाएको छ । स्रोतका अनुसार भदौ २७ गते पूर्ण बृहत् इजलासले उनको मुद्दाको फैसला गर्ने जनाइएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा रहेको न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीसहितको बृहत् पूर्ण इजलासले सो मिति तोकेको उच्च स्रोतले जानकारी दियो ।