राजधानीमा फेरि ठूलो परिणममा सुनसहित ७ जना पक्राउ

राजधानीमा फेरि ठूलो परिणममा सुनसहित ७ जना पक्राउ


राजधानी काठमाडौं फेरी ठूलो परिणाममा सुन सहित ७ जना पक्राउ परेका छन् । रसुवा नाका हुँदै तस्करी गरेर ल्याइएको २२ किलो सुन प्रहरीले बरामद गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सुनसहित तस्करीमा संलग्न सात जनालाई पक्राउ गरेको छ ।पक्राउ परेकाहरु उपर संगठित अपराध मुद्दामा प्रहरीले कारबाही गर्ने प्रहरीले जनाएको छ ।

बरामद भएकोमध्ये १४ किलो काठमाडौंमा तथा बाँकी आठ किलो उपत्यका बाहिरबाट बरामद भएको सिआईबीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लामो समयदेखि रसुवाबाट सुन तस्करीमा संलग्न रहेको सिआईबीका डिआईजी पुष्कर कार्कीले बताए ।